×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

‘गौ हत्या हुँदा सवै नेपालीको मन दुख्नुपर्छ ’


  •   बिहिबार, कार्तिक १८, २०७८
  • चितवन। राष्ट्रिय जनावर गाईको संरक्षणमा सरकारले चासो नदिएको भन्दै चिन्ता व्यक्त गरिएको छ। लक्ष्मी पूजाका दिनमात्रै खोज्ने र पूजा गर्ने तर अन्य समय गौ हत्या हुँदा समेत कारवाहीको दायरा फराकीलो नबनाउने भन्दै सरकारको ध्यानाकर्षण गरिएको हो ।
    भरतपुर १ मा रहेको योगी नरहरीनाथ वागेश्वरी आश्रमले आज गरेको सामूहिक गौपूजा तथा लक्ष्मी पुजा कार्यक्रममा बोल्दै महेश सन्यास आश्रम देवघाटका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीजी महाराजले राष्ट्रियताको कोणले पनि गौहत्या हुन नहुनेमा एक मत हुनुपर्ने बताउनुभयो । तर नेपालमा राष्ट्रिय जनावरलाई पनि विभेद गरिएको भन्दै यसको संरक्षणका लागि तीनवटै सरकारले विभिन्न ठाउँमा गौ सरक्षण केन्द्र खोल्नुपर्नेमा जोड दिनुभयो । त्यो भएमात्रै स्थानीय जातको गाई संरक्षण हुने र यसले राष्ट्रिय जनावरको महत्व पाएको हुने उहाँको भनाई थियो ।

    Advertisement


    कार्यक्रममा बोल्दै देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले ओमकार परिवार एक हुनुपर्नेमा जोड दिँदै वागेश्वरी आश्रमले स्थानीय गाई संरक्षण गर्दै आएको बताउनुभयो । गौ संरक्षणका लागि अक्षयकोष स्थापना आफ्नै पालमा गरेर अहिले लाखौँ रकम जम्मा भएको बताउनुभयो । यसले गौ संरक्षणमा टेवा दिएको भन्दै धर्म र संस्कृति बचाउन पनि सामूहिक गौपूजन वर्षेनी गर्दै आएको जानकारी दिनुभयो।


    गैँडाकोट १ का मुक्तिनाथ ज्ञवालीले सामूहिक गौपूजन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । पर्व आएसँगै गाई पाउन कठिन हुने उहाँको भनाई थियो ।
    विहानै देखि गौपुजनमा आएका भक्तजनहरुले गाइलाई मीठामीठा खानेकुरा,घाँस,पराल,पीठो आदि सहयोग गरेका थिए ।
    राष्ट्रिय जनावर स्थानीय जातको गाई भएकाले यसको सरक्षणमा वागेश्वरी आश्रम निरन्तर लागिरहेको छ । गुरु योगि नरहरिनाथ को भावना र लक्ष्यलाई लिएर २ सय ५० वटा गाई पालन गरिरहेको महसचिव भोजराज भट्टराईले बताउनुभयो ।


    वागीश्वर आध्यात्मिक परिषद योगी नरहरी नाथ आश्रमद्धरा संचालित गौसंरक्षण केन्द्र सँगै प्राकृतिक चिकित्सालय,गुरुकुल संस्कृत विद्यालय समेत संचालन गर्दै आएको अध्यक्ष शैलेन्द्र पियाले जानकारी दिनुभयो ।
    अहिले सवै संस्थालाई जोड्नेगरी टायल विच्छाएर विकास गरिएको छ भने ऐतिहासिक महत्वलाई नाश हुन नदिएर पुरातत्व विभागसँग सहकार्य गर्दै थप विकास गर्ने पियाको भनाई छ ।
    भगवान रामले शिक्षा लिएको ठाउँ रहेपनि योगी नरहरीनाथ पछि यस ठाउँको खासै विकास र प्रचारप्रसार हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.