×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

तिहारसँगै गैँडाकोटका जुवाडेमाथि प्रहरीको कडा निगरानी


  •   बुधबार, कार्तिक १७, २०७८
  • गैँडाकोट । प्रहरीले गैँडाकोटका जुवाडेहरुमाथि कडा निगरानी राख्न थालेको छ । श्रृखलावद्ध यहाँबाट जुवाडेहरु पक्राउ परिरहेका छन् ।
    पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले दिएको जानकारी अनुसार कार्तिक १६ गते मध्यरातिमा गैडाकोट १४ भेलेन्टाँडिबाट नारायण घर्तीको घरमा पैसाको हार जित हुने गरी जुवातास खेलि रहेको अवस्थामा नगद १९ हजार ३१५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ परेका हुन् ।
    पक्राउ पर्नेहरुमा गैँडाकोट १४ बस्ने वर्ष २६ को मनिराज हमाल, वर्ष ५५ को राज कुमार श्रेष्ठ, वर्ष ५१ को नारायण घर्ति, वर्ष २५ को गणेश हमाल , वर्ष २५ को रविन सापकोटा रहेका छन् । उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको सूचना अधिकारी डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।
    त्यस्तै कार्तिक १६ गते राति साँढे १ बजेको समयमा गैडाकोट १० भैसाखोरीबाट बर्ष ४७ को डिल्लीराम सापकोटाको सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा पैसा हार जित हुने गरी जुवातास खेलि रहेको अवस्थामा नगदरू. १ लाख २५ हजार ३५ र १ बुक तास सहित पक्राउ परेका छन् ।
    पक्राउ पर्नेहरुमा गैडाकोट १० बस्ने बर्ष ४७ को डिल्लीराम सापकोटा, बर्ष ४९ को शंकर शर्मा, बर्ष ३२ को ईश्वर क्षेत्री, बर्ष ३३ को बोधराज खराल, बर्ष ४३ को कृष्ण भुजेल र बर्ष ३४ को मनोज गुरुङ रहेका छन् ।
    प्रहरीले कार्तिक १० गते करिव ४ बजे गैडाकोट ४ पुर्ण बहादुर गुरुङको होटलमा हार जित हुने गरी जुवा तास खेली रहेका ब्यक्तीहरुलाई नगद रकम रु. ५५ हजार ४०(अक्षेरुपी पचपन्न हजार चालीस रुपैया मात्र) र ३ बुक तास सहीत नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार गैडाकोट ४ बस्ने वर्ष ३२ को राजु परियार,वर्ष २६ को अर्जुन पौडेल, वर्ष ३२ को आशिष श्रेष्ठ, गैडाकोट १ बस्ने वर्ष २८ को बुद्ध लामा छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.