×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गणकहरुका लागि गैंडाकोटमा संचालित तालिम सम्पन्न


  •   बुधबार, कार्तिक १७, २०७८
  • गैंडाकोट । स्थानीय जनगणना कार्यालय गैंडाकोट ले गणकहरुका लागि संचालन गरेको तालिम सम्पन्न भएको छ। लक्ष्मी मावि गैंडाकोटमा चार दिन कार्तिक १३देखि १६ सम्म सचालन भएको तालिम हिजो मंगलबार सकिएको हो ।

    Advertisement

    तालिमको अन्तिम दिन हिजो नगरप्रमुख छत्रराज पौडेलले निरिक्षण गर्दै सत्य तथ्य तथ्यांक ल्याउन आग्रह गर्नुभयो । जनगणनाको मुख्य खम्बा नै गणक भएकाले ठूलो जिम्मेवारी का साथ फिल्डमा गएर सही तथ्यांक संकलन गर्न सुझाव दिनुभयो । १० वर्षमा एक पटक हुने यो अभियानमा आफ्नो दायित्व सम्झिएर यथार्थ विवरण उपलब्ध गराईदिन जनतालाई आग्रह समेत गर्नुभएको छ । साथै संघियता पछि भएको स्थानीय तहको निर्वाचन पछिको पहिलो जनगणना कार्यक्रम भएकाले जनप्रतिनिधिको पनि ठूलो सहयोग र चासो रहने भन्दै पौडेलले विवरण लिन कठिन हुने ठाउँमा सहजिकरण गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो ।

    स्थानीय जनगणना अधिकारी देबेन्द्र गौतमले बुलिङटार,गैडाकोट र देवचुलीका लागि छनौट भएका गणकहरु तालिममा सहभागी भएको बताउनुभयो । तालिममा सहभागीहरु कार्तिक २५ गते विहान ९ बजेदेखि फिल्ड मा खटिने छन् । मंसिर ९ सम्म तथ्यांक सकलन गरिने जानकारी दिदै आफ्नो यथार्थ विवरण गणकहरुलाई टिपाईदिन अनुरोध गर्नुभएको छ । यस पटकको जनगणनामा धेरै प्रश्नहरु रहेको र उतरदाताको सौहार्द सहयोगविना सम्भव नहुने भन्दै विवरण सहजै उपलब्ध गराईदिन स्थानीय सग उहाको आग्रह थियो ।

    जनताले उपलब्ध गराउने सवै विवरण तथ्यांक एेन २०१५ अनुसार गोप्य रहने भन्दै गौतमले जति यथार्थ विवरण जनताबाट आउछ त्यतिनै राज्यले बनाउने नीति निर्माण,योजना,कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । यस पटक सकलन गरिएको तथ्यांक नै अवको १० वर्षसम्म प्रयोग भईरहने उहाँको भनाई थियो । तथ्यांक संकलनका क्रममा गणकहरुले कठिनाइ भोग्नुपरेमा आफूहरु सहित सुपरिवेक्षकले समेत सहजिकरण गर्ने र गणकहरुलाई कोही कसैले दुर्ववहार जस्ता कार्य गर्नेहरुलाई कानुनी कारवाहिको समेत व्यवस्था रहेको जानकारी दिनुभयो । सम्भव हुदासम्म गणकले उत्तरदाता वा परिवारमुलीहरुलाई जनगणना को महत्त्व र आव्शयकताका बारेमा जानकारी गराउदै अनुशासन भई विवरण लिन सुझाव दिनुभयो ।

    यो पटक अक्सर (धेरै बसोबास गर्ने) वसोवास गर्ने आधारमा गणना हुदैछ । यो पटक गैंडाकोटमा ९९ जना,देवचुलीमा ७० र बुलिङटारमा २१ जना गणकहरु खटिने स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.