×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ऋण लिनका लागि कोरोना प्रभावितहरुलाई पुन फर्म भर्न अुनरोध


  •   सोमबार, कार्तिक १५, २०७८
  • चितवन । नेपाल राष्ट्रबैँकले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका आवेदन भर्न आह्वान गरेको छ । कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने बैँकले जनाएको छ ।

    Advertisement

    राष्ट्र बैंकले इजाजत लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो । नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरुप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, साधारण पुनःकर्जा तथा विशेष पुनःकर्जाका लागि आवेदन अनुरोध गरेको छ ।

    आगामी पुस १९ गतेसम्म सो कर्जाका लागि आवेदन दिने समयसीमा रहेको छ । कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ । पर्यटन क्षेत्र, होटल, मनोरञ्जन क्षेत्र, तयारी पोशाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुबाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

    यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन् ।

    आवेदन पेश गर्ने बैंक तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम पाँच ग्राहक ऋणी समेटिएको हुनुपर्छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन गर्दा लघुउद्यम, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्नुपर्नेछ ।

    तर बैँकहरुले यसरी प्रभावितहुनेहरुलाई ऋण दिन आनकानी गर्ने गरेको गुनासो व्यापक भएपनि राष्ट्र बैँकले ग वर्गसम्मलाई मात्रै अनुमति दिएको छ । बैँकहरुले यसरी उपलब्ध गराउने कर्जा प्रकृयानै झन्झटिलो र लम्बेतान गराइदिने भन्दै सेवाग्राहीले गुनासो गरिरहेका छन् । लघुवित्त संघले यस्तो कर्जा घ वर्गका लघुवित्त मार्फत गराउन पटक पटक आग्रह गरेपनि सुनुवाई भने नभएको संघले जनाएको छ । जनताको घरघर पुगेर व्यक्ति तथा समूहमा लगानी गर्ने र निगरानी निरीक्षण निरन्तर हुने भन्दै लघुवित्त मार्फत यस्ता कर्जा प्रवाह गर्न भनिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.