×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

स्थानीय चुनाव अघिनै सुकुम्वासीलाई लालपूर्जा : अध्यक्ष निरौला (भिडियो सहित)


  •   आइतबार, कार्तिक १४, २०७८
  • चितवन । प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वमा वनेको भूमि आयोगका अध्यक्ष केशव निरौलाले प्रपोगाण्डका लागि मात्रै एक दुई वर्षमै यो देशका भूमिहिनहरुलाई लालपुर्जा बाँड्न सकिने बताउनुभएको छ । तर साँच्चिएकै अव सुकुम्वासी नहुनेगरी व्यवस्थापन गर्ने हो भने यो देशमा १५ लाख भूमिहिन सुकुम्वासी रहेको र उनीहरुको व्यवस्थापन गर्न १० वर्ष बढि लाग्ने बताउनुभएको हो । त्यसैले सुकुम्वासीको समाधान गर्न सुरु गरेँ चाहिँ भन्न मिल्ने तर पुरै समस्या सल्टाउँछ भन्दा असम्भव हुने उहाँको भनाई थियो । आफूहरुले छोटो समयमा धेरै भन्दा धेरै सुकुम्वासीहरु लाभान्वित हुनेगरी काम गर्ने निरौलाले बताउनुभयो ।

    Advertisement

    आयोगले पहिलो पटक चितवनको भरतपुरमा वागतमी प्रदेश स्तरीय गोष्ठी आयोजना गरेको थियो । कार्तिक ९ गते भूमि व्यवस्था,सहकारी तथा गरिवी निवार मन्त्री शशि श्रेष्ठ,राज्यमन्त्री उमेश श्रेष्ठ सहित प्रदेशका विभिन्न गाउँपालिका नगरपालिकाका प्रतिनिधिबीच कार्यक्रम गरिएको थियो ।

    सोही कार्यक्रममा समय दिएर पत्रकारहरुसँग कुराकानी गर्दै निरौलाले यस अघिको सरकार सुकुम्वासीलाई जग्गा दिनेमा भन्दा बढी अव्यवस्थित वसोवासीमा केन्द्रीत भएको आरोप लगाउनुभयो । जसका कारण वास्तविक भुमिहिनले जग्गा पाउने सम्भावना कम भएको समेत उहाँको भनाई थियो ।


    तर आयोग राज्यको सम्पती भएकाले पूर्व आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिँदै लालपूर्जा वाँडीने बताउनुभयो ।

    माघ महिना देखि लालपुर्जा वाँड्न सुरु गर्ने निरौलाले बताउनुभयो । नापी,मालपोतका कार्य डिजिटलाइज गर्ने र निरन्तर काम गरी गुगल सेटेलाइट आदि प्रयोग गरी धेरै काम सक्ने उहाँको भनाई छ ।

    विधि र पद्धतीमा लाग्दै गर्दा अन्य कामहरुलाई पनि निरन्तरता दिने बताउँदै अदालतमा मुद्दा रहेको विषयमा भने अनविज्ञता प्रकट गर्नुभयो । स्थानीय निर्वाचन अगाडि परिणाम दिने निरौलाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.