काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आईपुगेका छन् । उनी आजै नेपाल आईपुगेका हुन् ।
Advertisement
उनलाई विमानस्थलमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फा सँग सम्झौता नवीकरण गर्दै प्रशिक्षक अलमुताइरी नेपाल फर्किएका हुन् ।अलमुताइरीले एन्फासँग दुई वर्षको सम्झौता नवीकरण गरेका थिए । उनले सम्झौता एक वर्ष बाँकी रहदै नवीकरण गरेका हुन्।
कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएका थिए । माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । अलमुताइरी माल्दिभ्सबाटै कुवेत फर्किएका थिए ।