×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

फूल्न थाले तिहारलाई मखमली र सयपत्री


  •   शनिबार, कार्तिक १३, २०७८
  • कार्तिक १२, २०७८ । तिहार पर्व नजिक आउँदै गर्दा चितवनमा मखमली र सयपत्री फूल्न थालेका छन् । व्यवसायी फूल खेती गर्नेहरुपनि अर्डर लिन भ्याइनभ्याई भएको छ । भारतबाट वर्षेनी आयात हुने मालालाई रोक्न युवाहरु फूल खेतीमा लागीपरेका छन् ।भरतपुर १९ का अजय यादव तिहारका लागि फूलको अर्डर लिने र पठाउने गरिरहेका छन् ।

    Advertisement

    उनको व्यस्तता बढ्न थालेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अध्ययन गरेका उनले १ वटा वेर्ना लगाएर चार वर्ष अघि फूल खेती थालेका थिए । अहिले ३२ कठ्ठामा सयपत्री फुलेका छन् । त्यही सयपत्री खरिद गर्नेहरुको अर्डर टिप्न उनी व्यस्त छन्। विएससी एजी सकाएका यादव अर्का युवा इन्जिनियर सागर कार्कीसँग मिलेर माली दाई एग्रो इनोभेसन प्राली स्थापना गरी भरतपुर ७ मा व्यवसायिक फूल खेती गर्दै आएका हुन् ।

    अध्ययन गरेर फूल खेती गरे कम लागत र मेहनतमा धेरै प्रतिफल पाउन सकिन्छ । अहिलेसम्म ८ सय माला विक्रि गरेका उनले यो तिहारमा १० हजार माला विक्रि गर्ने लक्ष्य राखेका छन् । एउटामा मालामा ४० वटा गुच्छा हुने र ८० रुपैयामा विक्री गरिने बताए । अहिले रुपन्देही, भैहरवा, चितवन लगायतको ठाउँबाट अर्डर आएको छ ।
    पहिला आफूले केही गरेर देखाउने र सरकारसँग अपेक्षा राख्ने बताएका उनले अन्य धेरैलाई व्यवसायिक फूलखेती गर्न सहयोग गरेका छन् । विरुवा समेत उत्पादन गरेर विक्रि गर्दै त्यसरी विरुवा लगेकाहरुले उत्पादन गरेका फूलको बजारीकरणमा समेत सहयोग गरेको उनको भनाई छ ।

    उनीहरुको कार्य देखेर भरतपुर ४ लंकुका कृष्ण कुवर पनि यसै खेतीमा लागेका छन् । ३ कठ्ठामा फूल खेती छ । तिहारका लागि विक्रि खुुल्ला भएको कुँवरले बताए । आम्दानी देखेर विदेश जाने सोच नआएको उनको भनाई छ ।

    फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले फूलको बजार राम्रो भएपनि पहिचानमा समस्या भएको बताए । तिहारको समयमा मात्रै फूल खेत गर्नेहरुलाई उनले ३६५ दिननै फूलको व्यवसाय चल्ने बताए । उज्जवल नर्सरीका संचालक समेत रहेका उनलाई पनि अर्डर अनुसारको माला बनाउन भ्याई नभ्याई छ । मखमली भन्दा सयपत्रीको माग बढ्ने बताउने उनले होलसेल र खुद्रा दुवै सेवा उपलब्ध रहेको जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.