×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सीडिओ पंगेनी समेत चकित! किर्ते नागरिकता लिने गैँडाकोट ८ का पुरुष पक्राउ


  •   शुक्रबार, कार्तिक १२, २०७८
  • बीपिन रानाभाट,गैँडाकोट । किर्ते कागजात पेश गरी नागरिकताको प्रतिलिपि लिने एकजनालाइ इलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरेको छ ।

    Advertisement

    प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार गैँडाकोट ८ का भविन कट्टेल पक्राउ परेका हुन् । उनलाई कार्तिक ४ गते पक्राउ गरिएको हो । अहिले उनीसँग बयान लिने काम भइरहेको खनालले जानकारी दिनुभयो ।

    भविनले गैँडाकोट ८ बाट नागरिकताको प्रतिलिपिका लागि सिफारिस लिएका थिए । वडाअध्यक्षले हस्ताक्षर गर्दासम्मको समय सवै आफ्नै विवरण राखेका कट्टेलले सही गरेर कागजात लिएपछि गैँडाकोट १ मा गए । त्यहाँ गएर आफ्नो नाम काटेर ‘धनराज कडेँल’ बनाए । आफ्ना बुवा आमाको नाम समेत कलमले सोही अनुसार केरेर धनराज कडेँलको वुवा आमाको नाम राखे । त्यसरी केरेको अनुसूची पेश गर्दा समेत उनले नागरिकताको प्रतिलिपि लिएको खुलासा भएको हो ।

    थप अनुसन्धान जारी रहेको र हालसम्म उनी मात्रै पक्राउ परेका छन् । यसमा धेरैको संलग्नता हुने सक्ने सम्भावित आशंकालाई समेत मध्यनजर गरेर कडा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    सीडिओका पंगेनीको एकपछि अर्को सफलता

    सरल, सहज र घुलमिल हुने क्षमताका कारण जिल्ला प्रशासन कार्यालय नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईसँग सेवाग्राहीले आफ्ना समस्या सजिलै राख्न पाउँछन् ।

    आफ्नै माइती जिल्ला समेत भएपछि केही नयाँ काम गरेर देखाउने हुटहुटी उहाँमा छ र एक पछि अर्को सफलता समेत पाउँदै जानुभएको छ । यस अघि नक्कली नागरिकता लिने भारतीय नागरिकलाइ समेत पक्राउ गर्न सफल भई मुद्दा किनारा लगाउन सफल उहाँकै सक्रियताले भारतीय नागरीक कारवाही परे ।
    अहिलेको नागरिकता प्रतिलिपि किर्ते गरी लिएको घटना यसरी वाहिरीएको थियो ।

    गैँडाकोट १ का धनराज कडेँल मामासँगै नेदरल्याण्ड बस्दै आएका थिए । दसैँको समय घर आएका उनी नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय नवलपुर पुगे । तर त्यहाँ रेकर्ड हेर्दा त उनले नागरिकताको प्रतिलिपि लिएको पाइयो। त्यसपछि सेवाग्राही उहाँले सीडिओ मनमाया पंगेनीलाइ फोन गरे । तत्काल सवै विवरण हेर्दै जाँदा सीडिओ पंगेनी समेत चकित पर्नुभयो ।

    अनुसूची पुरे केरेको तरपनि केरमेट भएको कागजात पेश हुँदापनि प्रतिलिपि लिएको ढड्डामा देखियो । ढड्डामा पनि पुरै मिति नलेखि महिना र गते मात्रै लेखेको देखेपछि सीडिओ पंगेनी किर्ते गरेर भविनले प्रतिलिपि लिएको निचोडमा पुग्नुभयो र तत्काल पक्राउ गर्न इलाका प्रहरी कार्यालय गैँडाकोटलाई भन्नुभयो ।

    ढड्डामा कडेँलसँगै लगभग भविनको अनुहानर मिल्दोजुल्दो रहेको तस्विर छ । भविन सामान्य अपाङ्ग पनि भएकाले धेरैले माया गर्ने र आशंका नगर्ने मनसाय बलियो बनाएर यो गरेको हुन सक्ने अनुमान गरिएको छ । फोटो तत्काल कडेँल परिवारलाई देखाएपछि उनीहरुले गैँडाकोट नगरपालिका वरपर फोटोमा जस्तै व्यक्ति देखेपछि कडेँलका आफन्तले सीडिओ पंगेनीलाई फोन गरे । त्यसपछि तत्काल इलाका प्रहरी कार्यालय गैँडाकोटले मोटरसाइकलमा रहेको उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

    सीडिओ पंगेनीका अनुसार यो कर्मचारीको समेत सेटिङ हुन सक्ने अन्यथा यति धेरै प्रकृया र बठ्याई गरेर कुनैपनि हालतमा नागरिकता वा प्रतिलिपि लिनै नसक्ने जानकारी दिनुभयो ।

    रेकर्डमा रहेअनुसार भविनले आफ्नै नामको प्रतिलिपि २०७७ को जेठमा लिएका छन् । त्यसपछि उनले धनराज कडेँलको नाउँमा २०७६ असार १८ गते प्रतिलिपि लिएको रेडर्क छ । कति सम्म भने सोही प्रतिलिपि नागरिकताको प्रयोग गरी धनराज कडेँलको नाउँमा एमआरपी पासपोर्ट समेत लिएको खुलासा भएको छ।

    सीडिओ पंगेनीका अनुसार किर्ते गरेर प्रतिलिपि लिएको खुलासा भएपछि कडेँललाई प्रतिलिपि दिएर प्रशासनले भविनले लिएको प्रतिलिपिलाई अनुसन्धान भर कैफियतमा राखेको छ । किर्ते गरेको पक्का भएरै कडेँललाई प्रतिलिपि दिएपछि उनीहरु पासपोर्ट गराउन काठमाण्डौ गएका थिए । त्यहाँ उनै भविनले पासपोर्ट बनाएर लिइसकेको पत्ता लागेको थियो। अहिले नवलपुर प्रशासनबाट उक्त पासपोर्ट रद्द गरी कडेँललाई पासपोर्ट दिन चिठि पठाइसकेको छ ।

    प्रमुख जिल्ला अधिकारी पंगेनीले आफूले पहिलो पटक यस्तो घटना थाहा पाएको र चकित बनाएको बताउनुभयो । एमआरपी पासपोर्ट प्रणाली आउँदा सम्म नक्कली व्यक्तिले पासपोर्ट लिएको पत्ता नलाग्नुले अझै धेरै प्रश्न उब्जाएको उहाँको भनाई छ ।

    विशेष गरी विस २०७१ र २०७६ सालमा वितरीत नागरिकताहरुमा धेरै कैफियतहरु भेटिएको भन्दै आफूले विशेष निगरानी र आन्तरिक अनुसन्धान गरिरहेको पंगेनीले बताउनुभयो ।

    गैँडाकोटमा अनुसन्धान पछि अदालत पेश गरिने र अनुसन्धानबाट अन्यको संलग्नता खुल्न सक्ने उहाँको भनाई छ ।

     

    (पत्रकार डोलराज रानाभाटको सहयोगमा तयार पारिएको समाचार)

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.