चितवन । पूर्व प्रधानमन्त्री समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्थानीयले ७० वर्ष कटेपछि वल्ल नागरिकता पाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका स्थानीयले ७० वर्ष कटेपछि वल्ल नागरिकता पाएका छन् ।
नागरिकता वितरण तथा सहजिकरण गर्न आयोजित २ दिने शिविरमा नागरिकता बिहिन स्थानियलाई घर आगनमै नागरिकता वितरण गर्ने उद्धेश्य रहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।
माडि नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयूक्त आयोजनामा ७३ बर्षिय हरिमायॉ प्रजाले वल्ल नागरिकता पाउनुभयो ।
फूलमायॉ प्रजाले ७२ बर्षको उमेरमा अध्यक्ष प्रचण्डको हातवाट नागरिकता वल्ल पाउनुभयो । कृष्णमायॉ घलानले ७४ वर्षपछि नागरिकता पाउनुभयो। ७ सन्तानकी हजुरआमाका सातै सन्तानसंग नागरिकता थिएन । यस शिविरबाट २ छोरा २ बुहारी र उमेर पुगेका एक नातिले नागरिकता पाएको बताइएको छ । सो अवसरमा ७३ बर्षिय हरिमायॉ प्रजा ,७२ बर्षिय फूलमायॉ प्रजा लगायत ५ जनालाई नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो ।बादरझुलाको नाम परिवर्तन भई हनुमान झुलामा परिणत भएको छ ।
यस वडामा अधिकांशको नागरिकता छैन भने यहॉका वासिन्दाहरूसंग जग्गा धनि प्रमाण पुर्जा छैन । चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सिमावर्ती यस बस्तिमा राष्ट्रिय निकुञ्जका कारण पूर्वाधार विकास र वस्ति विकासको काम हुन सकेको छैन ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, नेकपा माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादिका नेता नारदमणी पौडेल, लगायतकाले बॉदरझुलाका समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहिन सुकुम्बासीलाई चाँडै लालपुर्जा बाँड्ने बताउनुभएको छ ।आफ्नो निर्वाचन क्षेत्र बाँदरझुलामा पुगेर नागरिकता वितरण गर्नुभएका उहाँले भूमिहिन सुकुम्बासीको नागरिकता सम्वन्धी समस्यालाई वर्तमान सरकारले समाधान गर्ने गरी काम अगाडि बढाएको बताउनुभएको हो।
चितवनको माडी नगरपालिका ९ स्थित बॉदरझुलामा बिहीबार नागरिकता वितरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भूमीसुधार मन्त्री र राष्ट्रिय भूमी आयोगका पदाधिकारीहरूलाई ठोस योजना बनाएर लालपूर्जा वितरण गर्न भनेको बताउनुभयो ।
आफूले निर्वाचनको समय बोलेका केही योजना रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदिहरूमा पक्कीपुल, र सडक कालोपत्रेको काम धमाधम भैरहेको दावी गर्दै सुकुमबासी बस्ति हनुमान झुलामा बिजुलि बत्ति विस्तारका लागि काम भैरहेको बताउनुभयो ।
पुर्वप्रधानमन्त्री ओलीले माडिमा प्रपोगान्डाको लागि राम मन्दिरको घोषणा गरेको बताउदै ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा आफू रहेको बताउनुभयो । माडि नगरपालिका वडा न ९ को बॉदरझुलामा माडी नगरपालिका र जिल्ला प्रसाशन चितवनको संयूक्त आयोजनामा ७३ बर्षिय हरिमायॉ प्रजालाई नागरिकता हस्तान्तरण गरेर अध्यक्ष दाहालले कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।