गैँडाकोट । भारतीय ट्रकले ठक्कर दिँदा गैँडाकोट ४ का एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी डिएसपी दिलीप गिरीका अनुसार मृत्यु हुनेमा गैडाकोट ४ बस्ने वर्ष २५ का सन्तोष घिमिरे रहेका छन् ।
गिरीका अनुसार घिमिरेलाई हिजो राति ८ बजेर २० मिनेट जाँदा गैडाकोट २ मा पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको पिवी ०४ भि ४६३९ नम्वरको भारतिय ट्रकले दक्षिणबाट पूर्व तर्फ जाने बाटो क्रस गर्न लागेको प्रदेश ३–०३–००१ प ६८७९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घिमिरेको पेट र दाहिने हातमा चोट लागेर अबस्था गम्भिर भएको थियो । उहाँलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा उपचारको क्रममा राति करिव ९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका र अन्य अनुसन्धान कार्य भईरहेको गिरीले बताउनुभयो ।



