चितवन । नेकपा एमालेको जारी अधिवेशनमा चितवनका दुई वटा स्थानीय तहमा नयाँ समिति चयन गरिएको छ । नेकपा एमाले चितवनका अनुसार
एमाले रत्ननगर नगरपालिकाको अध्यक्षमा इश्वरी अर्याल चयन हुनुभएको छ ।
Advertisement
हिजो सम्पन्न अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पुष्पराज जोशी,सचिवमा शिवराज सुवेदी,सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल विक चयन हुनुभएको छ । अधिवेशनले ७६ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।
त्यस्तै एमाले इच्छाकामना गाँउपालिकाको अध्यक्षमा कृष्ण सिलवाल चयन हुनुभएको छ । सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नर बहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी,सहसचिवमा बोध बहादुर गोले र लक्ष्मण चेपाङ चयन हुनुभएको छ ।