गैंडाकोट, ११ कार्तिक ।नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघको प्रथम वार्षिकोत्सवको अवसर पारेर भोली (शुक्रबार) बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
गत वर्षको माघमा स्थापना भएको संस्थाले सामाजिक भुमिकाको सन्र्दभमा अत्यन्त जिम्मेवारी बोध गर्दै अघि बढिरहेको र पछिल्लो समय रगतको अभावलाई ध्यान दिएर कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रेशमलाल चापागाइँले जानकारी दिनुभयो ।
कार्यक्रममा २ सय बढि रक्तदाताले आफ्नो अमुल्य रगत दान गर्ने अध्यक्ष चापागाइँको अपेक्षा रहेको छ । कार्यक्रम नवलपुरको सदरमुकाम कावासोतीको फलफुलचोक स्थित नेपाल रेडक्रस सोसाईटी कावासोती उप–शाखाको भवनमा आयोजना गरिएको छ । कार्यक्रम बिहान ११.०० बजेदेखि दिउँसो घ.ण्ण् बजेसम्म संचालन हुने बताइएको छ ।
संघले यस अघि समेत कोभिड व्यवस्थापन समितिलाई आर्थिक सहयोग लगायत समस्याग्रस्त व्यवसायीलाई सहयोग प्रदान गरिसकेको संघका सचिव प्रभात न्यौपानेले जानकारी दिनुभएको छ । संघले आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै विविध सामाजिक कार्य गर्दै आएको उहाँको भनाई छ। पछिल्लो समय अस्पताल र स्वास्थ्य संस्थामा रगतको माग उच्च भइरहेको सन्र्दभमा कार्यक्रम गरिएकाले पनि सबै रक्तदातालाई आफ्नो अमुल्य रगत दान गर्न सचिव न्यौपानेले आहब्बान समेत गर्नुभएको छ ।
कार्यक्रमलाई रिलायबल फुड्स एण्ड बेभरेज प्रालिको आर्थिक सहयोग प्राप्त भएको छ । सो कम्पनीका रेडसोला इनर्जी डिङ्क्स, रेडबुल्लु इनर्जी डिङ्क्स, बदाम जुस लगायतका विभिन्न वस्तु उत्पादन तथा बिक्री गर्दै आइरहेको सो कम्पनीका बजार अधिकृत गणेश अर्यालले जानकारी दिनुभएको छ ।