×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सवैलाई समान व्यवहार सहित एमाले गैँडाकोटलाई नयाँ उचाइमा पुर्याउने छु : कडेँल


  •   बुधबार, कार्तिक १०, २०७८
  • गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरकमीटिको भोलि अधिवेशन हुँदैछ । भोलि हुने अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता नवराज कडेँलले आफूलाई जिताउन आह्वान गर्नुभएको छ ।

    Advertisement

    केन्द्रमा पार्टी गम्भिर संकटमा पुग्दा समेत आफूले गैँडाकोटमा एकताको सन्देश दिन सफल भएको भन्दै अध्यक्षमा निर्वाचित भएपछि नेकपा एमाले गैँडाकोटलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो ।

    सूर्य चिन्ह र पार्टीको सिद्धान्तलाई बचाउन आफू कुनैपनि कठिन यात्रामा विचलित नभएकाले अवको जीवननै पार्टी संगठनमा समर्पित गर्ने भएकाले अध्यक्षमा जिताउन उहाँले आग्रह गर्नुभयो । गैँडाकोट ५ को वडाअध्यक्ष समेत रहनुभएका कडेँलले विकास र जनताको चाहाना बुझ्न सफल हुनुभएको छ। अन्य पार्टीबाट विजयी जनप्रतिनिधिका वीच पनि कुनै विवाद विना विकास र योजनाका काम सम्पन्न गर्दै जनतामाझ परिचित कडेँलले आफ्नो अकांक्षा र भावनालाई पार्टीको नेतृत्वले समेत बुझिदिने आशा व्यक्त गर्नुभयो ।

    सोही सिकाइलाई समेत पार्टी अध्यक्षमा रहेर थप निखार्दै पार्टीमा आवद्ध नेता कार्यकर्तालाई उचित सम्मान र व्यवस्था गर्न पनि आफूले अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो । “कार्यकर्ता विना पार्टी बलियो हुँदैन उहाँले भन्नुभयो,“भोको कार्यकर्ताले संगठन दौडिदैन त्यसैले सवैलाई क्षमता अनुसारको अवसर दिनुपर्छ जुन काम अध्यक्ष भएपछि म गर्नेछु ।”

    कडेँलले निर्वाचन भन्दा सवैले सर्वसम्मत आफूलाई अध्यक्षमा चयन गर्नुहुनेछ भन्ने अपेक्षा रहेको धारणा व्यक्त गर्नुभयो । युवा संघको भूमिका निभाउँदै पार्टीको नेतृत्वमा आउनुभएका कडेँलले पार्टीमा समानान्तर कमिटी वनिरहदा संयोजकमा रहेर गैँडाकोटमा एकताको सन्देश दिनुभएको थियो । तर २०७५ जेठ २ मा फर्कीने पार्टी केन्द्रको नेतृत्वले गरेको निर्णयलाई समेत अक्षरंश पालना गरी त्यागको सन्देश दिनुभएको थियो ।

    पार्टी भन्दा ठूलो आफू नभएको भन्दै सर्वसम्मतीमा आफू वाधक नभएको बताउँदै आफूले निर्वाह गरेको भूमिकालाई नभुल्न भने आग्रह गर्नुभयो । कार्यकर्ताले नवराज कडेँलले प्रतिवद्धता पूरा गर्ने व्यक्ति हो भन्दै विश्वास गरेकोले मात्रै उम्मेदवारी दिएको र आफूलाई यो पटक अवसर दिएर काम गर्ने मौका दिन अनुरोध गर्नुभयो ।

    कडेँलले भन्नुभयो,“मेरो उद्देश्यनै पार्टीलाई नयाँ उचाईमा पुर्याउने र गुटउपगुटको अन्त्य सहित सवैलाई समान व्यवहान गर्ने हो । अव मेरो पूर्ण जीवन यही पार्टीमा समर्पित गर्दै संगठन थप मजवुद गराउने र आगामी स्थानीय देखि संघीय चुनावमा धेरै सीट जिताउने गरी काम गर्ने हो।”

    कडेँल सहित नगर अध्यक्षका लागि गिरीराज उपाध्याय, देवीदत्त कंडेल र रामचन्द्र धितालले उमेदवारी दिने घोषणा गर्नुभएको छ ।

    कार्तिक ९गते हुने भनिएपनि भोलि कार्तिक ११ गते गैँडाकोट १३ कालाबन्जरा रिर्सोटमा विहान ११ बजेदेखि प्रथम नगर अधिवेशन सुरु हुँदैछ । नगरका १८ वटा वडाबाट ३६७ र अधिवेशन आयोजक कमिटीबाट ४८ जना गरी कुल ४१५ जना प्रतिनिधिहरु अधिवेशनको बन्द सत्रमा सहभागी हुने नेकपा एमालेले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.