काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्वोधन गर्नुभएको छ ।
१६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागि आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निशुल्क खान बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निशुल्क पिसिआर परीक्षण, निशुल्क क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गर्नुभएको छ ।
आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो । आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ ।
१२ गतेसम्म संचालन हुने डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागि हुनुहुन्छ ।