चितवन । नवलपुरको देवचुली १७ फारमचोकबाट पाँच जना जुवाडे पक्राउ परेका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार नौलासिंह घर्तीमगरको घरमा जुवातास खेलीरहेको अवस्थामा नगद रू.२९,८१०(उनन्तिस हजार आठ सय दश रुपैया) र तिन बुक तास सहित देवचुली १७ बस्ने बर्ष ५० का नौलासिंह घर्तीमगर, बर्ष ३५का चित्र ब.मगर, बर्ष ३२ का अजय उपध्याय,बर्ष ५१ का भिमसिंह गुरुङ र बर्ष ४७ का टुक ब.गुरुङ रहेका छन् ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।



