चितवन । नेपाली काँग्रेस चितवनले चियापान कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको एक पछि अर्को चाडपर्व आउँदै गर्दा कार्तिक १५गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
Advertisement
उहाँका अनुसार कार्तिक १५ गते दिउसो १२ बजेर १५ मिनेटदेखि उद्योग वाणिज्य संघ चितवनको सभाहलमा कार्यक्रम राखिएको हो ।
विजयादशमी सकिएपछि राखिएको कार्यक्रममा शुभ दिपावली,छठ पर्व,नेपाल सम्वतको अवसर पारी कार्यक्रमको आयोजना गरिएको काँग्रेस चितवनले जनाएको छ ।