गैँडाकोट । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर ५ मा रोशन फर्चिचरको नयाँ शाखा संचालनमा आएको छ । गैँडाकोट ५ काँग्रेस चोकमा उक्त पसल संचालनमा आएको पार्वती सापकोटाले जानकारी दिनुभयो ।
पसलको आज विशेष पुजाआज गरी शुभारम्भ गरिएको र उक्त कार्यक्रममा नगरउपप्रमुख विष्णु कुमारी कडेँल, वडाअध्यक्ष नवराज कडेँल,काँग्रेस नेताहरु महेन्द्रभक्त अधिकारी,तारापती खरेल,कमल पराजुली, लक्ष्मण कार्की लगायतको उपस्थिती रहेको थियो ।
भरतपुरको लंकुमा फर्निचर फ्याक्ट्री रहेको जानकारी दिँदै प्रोपाइटर विदुर सापकोटाले गैँडाकोट शाखाबाट फर्निचर खरिद गर्नेहरुलाई छठ पर्वसम्म १० प्रतिशत छुट रहेको समेत जानकारी दिनुभयो ।
होम डेलिभरीको समेत व्यवस्था रहेको र स्थानीयले स्थानीयलाई सामाग्री खरिद विक्रि गर्नपाउँदा विश्वासनीयता बढ्नुका साथै नारायणगढ भरतपुरबाट फर्निचर किन्नुपर्ने वाध्यताको समेत अन्त्य भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हामी स्थानीय भएपछि ग्राहक ठगिन पाउँदैनन् । केही कमीकमजोरी भेटिए सजिलै गुनासो गर्न मिल्यो । नारायणगढ भरतपुरमा गएर खरिद गर्नुपर्ने वाध्यता हट्यो । साथै त्यहाँबाट सामान खरिद गर्दा ठगिने सम्भावना हुन्थ्यो तर त्यो पनि अन्त्य भयो ।”
देशभर रोशन फर्निचरको करिव ७० वटा सोरुम रहेको उहाँको भनाई छ । देशभर अर्डर अनुसारको फर्निचर सामाग्री उपलब्ध गराउँदै आएको बताउँदै पूर्वमा झापा देखि महेन्द्रनगरसम्म नै विक्रि गर्दै आएको सापकोटाले बताउनुभयो ।
प्रेम प्रसाद सापकोटा, रामचन्द्र सापकोटा,पार्वती सापकोटा र विदुर सापाकोटा संचालक रहेको यो शाखामा फर्निचरका सवै सामान पाउनुका साथै अर्डर अनुसार सहजै र सुपथ मूल्यमा फर्निचर सामाग्री बनाइदिने उहाँहरुको भनाई छ ।