चितवन । केही दिन पानीपरेर घाम लाग्न थालेपछि चितवनका किसानहरु पाकेको धान भित्राउन व्यस्त देखिएका छन् ।
Advertisement

पाकेको धान काटेर राखेका किसानहरु भने समस्यामा छन् । भरतपुर, रत्ननगर आदि ठाउँका किसानहरु बढि मारमा परेका ह्न। अन्य किसानहरुले भने अहिले घाम लाग्न थालेसँगै पाकेको धान भित्राउन लागेका हुन् ।
चितवनमा आर्थिक वर्ष २०७५÷०७६ मा वर्षे धान २७ हजार ६५९ हेक्टरमा लगाउँदा १ लाख १२ हजार ६७८ मेट्रिकटन उत्पादन भएको थियो । तर २०७६÷०७७ मा २७ हजार ३०५ हेक्टरमा धान खेती गर्दा १ लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो । चितवनमा चैते धान पनि लगाउने गरिन्छ ।



