×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

सरकारको सहुलियत ऋण लघुवित्तमार्फत उपलब्ध गराउन राष्ट्रवैँकसँग आग्रह


  •   आइतबार, कार्तिक ०७, २०७८
  • काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले सरकारले ल्याउने कार्यक्रम लघुवित्त मार्फत लैजानेगरी नीति निर्माण गर्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    अहिलेको कृषिमा सहुलियतको व्यवस्थाले ठूला ऋणीले सहुलियतमा कर्जा पाउने तर गाउँमा एउटा भैंसी पाल्नेले नपाउने अवस्था रहेकाले यो विभेद अन्त्य गर्न माग गर्नुभयो । लघुवित्त मार्फत परिचालन भए यो विभेदको अन्त्य हुने उहाँको दावी थियो । करिव ५२ लाख जनतासँग लघुवित्त पुगेको तथ्यांक पेश प्रस्तुत गर्दै लम्सालले लघुवित्त मार्फत कृषिमा सहुलियत दिने व्यवस्था गरिंदा मात्रै बास्तविक कृषकको पहुँचमा सहुलियत ऋण पुग्ने र प्रतिफल हासिल हुने बताउनुभयो ।

    साथै लघुवित्तको लाभांश वितरण गर्ने प्रकृयामा राष्ट्रवैँकद्वारा केही नियन्त्रण रहेको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभएको छ । लघुवित्तलाई राष्ट्रवैँकले दिएको व्यवस्था बैंक, विकास बैंक र फाइनान्सलाई नभएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभएको हो । लम्सालले भन्नुभयो,“२० प्रतिशत भन्दा माथिको लाभांश वितरण गर्दा जति बढी लाभांश हुन्छ त्यसको ५० प्रतिशत रिजर्भमा राख्नुपर्ने र त्यसको २५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था लघुवित्तलाई मात्र किन? यो व्यवस्था हटाउन आग्रह गर्दछु ।”

    राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कोभिड १९ को महामारीमा बैंक, विकास बैंक र फाइनान्सका ऋणीलाई कर्जा तिर्नलाई समय थप लगायतका सुविधा दिएपनि सोही सुविधा लघुवित्तका ऋणीलाई नदिईएकोमा लम्सालले असन्तुष्टि व्यक्त गर्नुभयो ।

    राष्ट्र बैंकले कोभिडबाट प्रत्यक्ष रुपमा प्रभावित हुने गाउँ तथा दुरदराजका ऋणीको हितका लागि पनि काम गरिदिन आग्रह गर्दै वैँक,फाइनान्सलाई दिएको सुविधा लघुवित्तका ऋणीलाई बढी आवश्यक भएकाले उक्त व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

    कर्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले लघुवित्तका लागि बनाइएका धेरै नीति नियम सहि प्रमाणित भएको बताउनुभयो । लघुवित्तका लागि राष्ट्र बैंकले गरेका लाभांश वितरणमा नियन्त्रण र राम्रो कर्जामा प्रोभिजन गर्नुपर्ने लगायतका नीतिगत व्यवस्था अहिले आएर सहि प्रमाणित भएको दावी गर्नुभयो ।
    राम्रो कर्जामा पनि १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थामा कुनै बेला असन्तुष्टि गरीएपनि अहिले लघुवित्तको अवस्थाले त्यो निर्णय सहि भएको प्रमाणित भएको मिश्रको दाबि छ।
    लघुवित्तहरुको मुनाफा राम्रै छ भन्ने बुझाई राष्ट्र बैंकको भएकाले नाफा कम भयो भनेर नआत्तिन समेत मिश्रले लघुवित्तका सीईओहरुलाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.