×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन


  •   आइतबार, कार्तिक ०७, २०७८
  • कार्तिक ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गर्नुभएको छ । ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रम डेस्कका साथै विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलको समेत अनुगमन गर्नुभएको थियो ।

    Advertisement

    कामका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले मन्त्री श्रेष्ठसमक्ष दुई पटक कोरोना भाइरसको द्रुत परीक्षण गर्नुपरेको गुनासो गरेका थिए । चार घण्टाअघिको द्रुत परीक्षण रिपोर्ट ल्याएकाहरूले समेत विमानस्थल परिसरभित्रै परीक्षण गर्नुपर्ने नियमले झन्झट भएको गुनासो श्रमिकहरुले गरेका थिए ।

    विमानस्थल परिसरभित्र हुने एन्टिजन परीक्षणमा महंगो शुल्क तिर्नुपरेको गुनासो पनि सेवाग्राहीले गरेका थिए । विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलमा गरिएको निरीक्षणका क्रममा कतिपय विनाअनुमति संचालन गरिएको समेत पाइएको थियो ।

    विमानस्थलमा गरिने एन्टिजन परीक्षणलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सहित अन्य निकायसँग समन्वय गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । अध्यागमन‚ भन्सार‚ श्रम डेस्क‚ सुरक्षा लगायतका बिषयमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न र सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.