चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित गांँजीपुरमा एक महिलाको शव फेला परेको छ । नारायणी नदीको बीच भंगालोमा एक वेवारिसे महिलाको शब फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार अन्दाजी ३५ बर्षीय महिलाको आज मध्यान्ह १२ बजेतिर शव फेला परेको हो । महिलाको अन्य परिचय नखुलेको उहाँको भनाई छ ।
स्थानीयले शब तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का गरी शब परीक्षणका लागि भरतपुर अस्पताल लगेको अधिकारीले जानकारी दिनुभयो ।
Advertisement