×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

मोवाइल एपबाटै अर्डर गरी रु.३० मा डिएसएलआरबाट घरमै फोटो खिच्ने सेवा चितवनमा सुरु


  •   आइतबार, कार्तिक ०७, २०७८
  • चितवन। डिएसएलआरबाट व्यवसायिक फोटो खिच्न धेरै शुल्क लाग्ने अनुमान गरिन्छ । अझ काठमाण्डौ वाहिर त फोटो खिच्न कति लाग्छ भन्ने सोध्न समेत अप्ठेरो लागेको हुन्छ धेरैमा । तर अव चितवनमा भने सहजै सेवा लिन सक्ने गरी नयाँ सेवा सुरु भएको छ ।

    Advertisement

    एन्ड्रोइड मोवाइल एपबाट अर्डर गरी घरमै बोलाएर डिएसएलआरबाट फोटो खिचाउन सकिने गरी सेवा सुरु भएको हो । भरतपुरको चौविसकोठीमा कार्यालय रहेको डिएसएलआर सेवा नामक कम्पनीले उक्त सुविधा प्रदान गरेको संचालक सन्तोष कुँवरले जानकारी दिनुभयो । एन्ड्रोइड मोवाइल एपको माध्यमबाट व्यवसायिक फोटो खिच्ने सुविधा लिन सकिने उहाँको भनाई छ । त्यसका लागि एन्ड्रोइड मोवाइलको प्ले स्टोरमा गएर ‘डिएसएलआर सेवा अनलाईन’ नामक एप डाउनलोड गरी त्यहाँबाट लगइन गरी आफूले चाहेको मूल्य, समय,स्थान र क्यामेरा अर्डर गर्न सकिने उहाँको भनाई छ ।

    सोही अनुसार विज्ञ ८ जना फोटोग्राफर मार्फत सेवा दिने कुँवरले जानकारी दिनुभयो । अहिले चितवनभरी र विराटनगरमा यो सेवा उपलब्ध रहेको बताउँदै ८ जना फोटोग्राफरले ६० डीको क्यामेराले फोटो खिचिदिने र इटिड गरी उपलब्ध गराउने गरी सेवा सुरु गरेको उहाँले बताउनुभयो । भाई सन्देशको साथ पाएपछि उहाँले सेवा विस्तार गर्न सफल भएको बताउँदै कम्तिमा १० वटा फोटो खिच्ने गरी एपमा अर्डर गर्नुपर्ने र एउटा फोटोको रु. ३० रुपैया मात्रै लाग्ने उहाँले जानकारी दिनुभयो ।
    नाराणी नदी किनारबाट डिएसएलआर मार्फत फोटो खिच्ने सेवा सुरु गरेको कम्पनीले फोटोग्राफी पेशालाई थप व्यवसायिक बनाउन एप मार्फत सेवा दिएर नयाँ प्रयोग गरिएको कुँवरले बताउनुभयो ।

    अहिले नाफा भन्दा फोटोग्राफी पेशलाई व्यवसायिक गराउन लागिपरेको बताउँदै कुँवरले फोटोसुट गर्दा चर्को मुल्य र फोटो खिच्न उत्सवनै चाहिन्छ भन्ने भ्रमलाई चिर्न पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    विवाह,व्रतवन्धमा भने फोटो खिच्न नजाने तर जन्मदिनको पार्टी लगायत पर्यटकीय क्षेत्रमा घुम्न जाने समूह,व्यक्ति लगायतलाई सेवा दिने उहाँको भनाई छ । चितवनको माडी,सौराहा, टाँडी,पर्सा लगायतका ठाउँमा सेवा दिने त्यस्तै विराटनगरमा पनि यो सेवा रहेको कुँवरले बताउनुभयो ।

    पत्रकारिता अध्ययन गर्नुभएका सन्तोष र व्यवस्थापन विषय अध्ययन गर्नुभएका भाई सन्देशको उद्देश्य मिलेपछि फोटोग्राफीलाई व्यवसायक गराउन उहाँहरु लागिरहनुभएको छ । उहाँहरुको मेहनतले अन्यलाई समेत व्यवसाय सुरु गर्न हौसला प्रदान गरेको र अहिले नारायणी नदी किनारमै २ दर्जन बढि व्यक्तिहरुले फोटो खिच्ने सेवा सुरु गरेको उहाँको भनाई थियो । तर त्यहाँ अव्यस्थित भएपछि सो ठाउँमा दिएको सेवा वन्द गरेर मोवाइल एपबाट अर्डर गरेर घरमे पुगी फोटो खिचिदिने सेवा सुरु गरेको उहाँकाले बताउनुभयो ।

    कुनै समय नारायणी नदी किनार घुम्दा फोटो खिच्ने रहर हुँदा समेत सेवा नपाएपछि सोही तलतल मेटाउन सन्तोष र सन्देश डिएसएलआर सेवा दिन तयार हुनुभएको थियो । रु. १लाखकको एउटा क्यामेराबाट सेवा दिन थाल्नुभएका उहाँले दिनको थोरैमा २५० मात्रै कमाई भएको थियो । तर पनि नआत्तिएर निरन्तरता दिँदा एकैदिनको १५ हजार सम्म आम्दानी भएको कुँवरले बताउनुभयो । अझ यसलाई व्यवसायिक गराउन आफूहरुले नयाँ प्रयोग ल्याएको बताउनुभयो । निर्देशक बन्न फिल्म डाइरेक्सनको २ महिने तालिम समेत लिनुभएको उहाँले एडभान्स फोटाग्राफीको डेढ महिना कोर्ष समेत गरेको जानकारी दिनुभयो। यो सेवालाई अव देशर पुर्याउने लक्ष्य सहित उहाँहरु यो पेशामा सक्रिय रहनुभएको छ ।

    २२ वर्षे सन्देश र २४ वर्षीय सन्तोषले सुरु गरेको यो सेवामा पहिलो पटक एप मार्फत बुकिङ गर्नेहरुलाई २५ प्रतिशत सम्म छुट रहेको छ । कम्तिमा १० वटा फोटो खिच्नुपर्ने र एउटा फोटो रु. ३० मात्रै शुल्क लाग्ने , सो भन्दा बढी खिच्न परे अतिरिक्त शुल्न नलाग्ने फोटोको संख्याका आधारमा मात्रै शुल्क लिने कुँवरले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.