चितवन। डिएसएलआरबाट व्यवसायिक फोटो खिच्न धेरै शुल्क लाग्ने अनुमान गरिन्छ । अझ काठमाण्डौ वाहिर त फोटो खिच्न कति लाग्छ भन्ने सोध्न समेत अप्ठेरो लागेको हुन्छ धेरैमा । तर अव चितवनमा भने सहजै सेवा लिन सक्ने गरी नयाँ सेवा सुरु भएको छ ।
एन्ड्रोइड मोवाइल एपबाट अर्डर गरी घरमै बोलाएर डिएसएलआरबाट फोटो खिचाउन सकिने गरी सेवा सुरु भएको हो । भरतपुरको चौविसकोठीमा कार्यालय रहेको डिएसएलआर सेवा नामक कम्पनीले उक्त सुविधा प्रदान गरेको संचालक सन्तोष कुँवरले जानकारी दिनुभयो । एन्ड्रोइड मोवाइल एपको माध्यमबाट व्यवसायिक फोटो खिच्ने सुविधा लिन सकिने उहाँको भनाई छ । त्यसका लागि एन्ड्रोइड मोवाइलको प्ले स्टोरमा गएर ‘डिएसएलआर सेवा अनलाईन’ नामक एप डाउनलोड गरी त्यहाँबाट लगइन गरी आफूले चाहेको मूल्य, समय,स्थान र क्यामेरा अर्डर गर्न सकिने उहाँको भनाई छ ।
सोही अनुसार विज्ञ ८ जना फोटोग्राफर मार्फत सेवा दिने कुँवरले जानकारी दिनुभयो । अहिले चितवनभरी र विराटनगरमा यो सेवा उपलब्ध रहेको बताउँदै ८ जना फोटोग्राफरले ६० डीको क्यामेराले फोटो खिचिदिने र इटिड गरी उपलब्ध गराउने गरी सेवा सुरु गरेको उहाँले बताउनुभयो । भाई सन्देशको साथ पाएपछि उहाँले सेवा विस्तार गर्न सफल भएको बताउँदै कम्तिमा १० वटा फोटो खिच्ने गरी एपमा अर्डर गर्नुपर्ने र एउटा फोटोको रु. ३० रुपैया मात्रै लाग्ने उहाँले जानकारी दिनुभयो ।
नाराणी नदी किनारबाट डिएसएलआर मार्फत फोटो खिच्ने सेवा सुरु गरेको कम्पनीले फोटोग्राफी पेशालाई थप व्यवसायिक बनाउन एप मार्फत सेवा दिएर नयाँ प्रयोग गरिएको कुँवरले बताउनुभयो ।
अहिले नाफा भन्दा फोटोग्राफी पेशलाई व्यवसायिक गराउन लागिपरेको बताउँदै कुँवरले फोटोसुट गर्दा चर्को मुल्य र फोटो खिच्न उत्सवनै चाहिन्छ भन्ने भ्रमलाई चिर्न पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
विवाह,व्रतवन्धमा भने फोटो खिच्न नजाने तर जन्मदिनको पार्टी लगायत पर्यटकीय क्षेत्रमा घुम्न जाने समूह,व्यक्ति लगायतलाई सेवा दिने उहाँको भनाई छ । चितवनको माडी,सौराहा, टाँडी,पर्सा लगायतका ठाउँमा सेवा दिने त्यस्तै विराटनगरमा पनि यो सेवा रहेको कुँवरले बताउनुभयो ।
पत्रकारिता अध्ययन गर्नुभएका सन्तोष र व्यवस्थापन विषय अध्ययन गर्नुभएका भाई सन्देशको उद्देश्य मिलेपछि फोटोग्राफीलाई व्यवसायक गराउन उहाँहरु लागिरहनुभएको छ । उहाँहरुको मेहनतले अन्यलाई समेत व्यवसाय सुरु गर्न हौसला प्रदान गरेको र अहिले नारायणी नदी किनारमै २ दर्जन बढि व्यक्तिहरुले फोटो खिच्ने सेवा सुरु गरेको उहाँको भनाई थियो । तर त्यहाँ अव्यस्थित भएपछि सो ठाउँमा दिएको सेवा वन्द गरेर मोवाइल एपबाट अर्डर गरेर घरमे पुगी फोटो खिचिदिने सेवा सुरु गरेको उहाँकाले बताउनुभयो ।
कुनै समय नारायणी नदी किनार घुम्दा फोटो खिच्ने रहर हुँदा समेत सेवा नपाएपछि सोही तलतल मेटाउन सन्तोष र सन्देश डिएसएलआर सेवा दिन तयार हुनुभएको थियो । रु. १लाखकको एउटा क्यामेराबाट सेवा दिन थाल्नुभएका उहाँले दिनको थोरैमा २५० मात्रै कमाई भएको थियो । तर पनि नआत्तिएर निरन्तरता दिँदा एकैदिनको १५ हजार सम्म आम्दानी भएको कुँवरले बताउनुभयो । अझ यसलाई व्यवसायिक गराउन आफूहरुले नयाँ प्रयोग ल्याएको बताउनुभयो । निर्देशक बन्न फिल्म डाइरेक्सनको २ महिने तालिम समेत लिनुभएको उहाँले एडभान्स फोटाग्राफीको डेढ महिना कोर्ष समेत गरेको जानकारी दिनुभयो। यो सेवालाई अव देशर पुर्याउने लक्ष्य सहित उहाँहरु यो पेशामा सक्रिय रहनुभएको छ ।
२२ वर्षे सन्देश र २४ वर्षीय सन्तोषले सुरु गरेको यो सेवामा पहिलो पटक एप मार्फत बुकिङ गर्नेहरुलाई २५ प्रतिशत सम्म छुट रहेको छ । कम्तिमा १० वटा फोटो खिच्नुपर्ने र एउटा फोटो रु. ३० मात्रै शुल्क लाग्ने , सो भन्दा बढी खिच्न परे अतिरिक्त शुल्न नलाग्ने फोटोको संख्याका आधारमा मात्रै शुल्क लिने कुँवरले बताउनुभयो ।