चितवन । नेपाल पत्रकार महासंघ चितवनले दिवंगत हुने महासंघ चितवनका सदस्यको परिवारलाई आर्थिक सहयोग दिने निर्णय गरेको छ । आज बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ सदस्यको निधन भएमा परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले महासंघ सदस्यको दिवंगत भएमा ५० हजार रुपैयाँ सहयोग गरिने जानकारी दिनुभयो ।
पत्रकारको दुःखमा महासंघले सक्दो सहयोग गर्ने नीति लिएको छ, उहाँले भन्नुभयो,पत्रकारको उपचार, विपदमा समेत सहायता गर्न कल्याणकारी कोष वृद्धि गरिनेछ ।
उहाँका अनुसार कार्यविधि बनाएर पत्रकारको उपचार, विपदमा न्यूनतम आर्थिक सहयोग वितरण गर्न कोष रकम बढाउने छ । जिल्ला शाखाले पहिलोपटक दिंवगत हुने पत्रकारलाइ सहयोग गर्ने निर्णय गरेको हो । चितवन शाखाले महासंघ सदस्यहरुको रु ७ लाख बराबरको दुर्घटना विमा समेत गरिसकेको छ । विमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता गरिने उहाँले बताउनुभयो ।
यहि असोज ३१ गते दिवंगत भएका ४७ वर्षिय पत्रकार द्वारिका नेपालको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरिने महासंघले जनाएको छ । दसैंको टीका लगाउन रौतहटको चन्द्रनिगाहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस बनेपछि उपचार गर्न अस्पताल लगिएको थियो ।
चितवन शाखाले द्वारिका नेपालको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ । उहाँको मष्तिष्कघातका कारण निधन भएको थियो । चितवन शाखाले द्वारिका नेपालको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।



