काठमाडौँ । अवदेखि नेपाल प्रहरी,शसस्त्र र र राष्ट्रिय अनुसन्धान विभागमा सम्मानार्थी शब्दको प्रयोग गर्नुपर्ने भएको छ । यी तीन विभागको जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नु पर्ने नियम बनाइएको हो ।
Advertisement
गृहमन्त्री बालकृष्ण खाँणले तीनै सुरक्षा निकायलाई ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभयो ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।
अब सम्मानसहितको सेवा सञ्चालन गर्न गृहमन्त्री खाँणले निर्देशन दिनुभयो ।