चितवन । चितवनको भरतपुर अस्पताल भित्र रहेको लैंगिक हिंसा व्यवस्थापन समितिले एकवर्षमा १९० जनालाई उपचार गरेको छ ।
चालु आर्थिक बर्षको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो ।
हिंसा प्रभावितलाई स्वास्थ्य उपचार लगायतका सेवाहरु एकीकृत गर्ने उदेश्यले लैंगिक हिंसासम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना गरेको समितिले त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
अस्पतालका सुचना अधिकारी गोपाल पौडेलले यो अवधिमा विधि विज्ञान तथा चिकित्साजन्य कानुनी परीक्षण १ सय ६७ जनालाई ,९७ जनाको गर्भपरीक्षण , १० जनाको घाउ चोटपटकको उपचार, ९९ जनालाई मनोपरामर्श ,९ जनालाई आकस्मिक गर्भनिरोधक सेवा र २ जनालाई यौन रोगको उपचार गरिएको छ ।
गत आर्थिक बर्ष लैंगिक हिंसासम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र मार्फत बलत्कार १ सय ८, यौजन्य दुरव्यवहार २८, शारिरीक हिंसा २०, सेवा सुविधा तथा आधिकार बाट बन्चित भएका २ र बाल बिबाह , जबरजस्ति विबाहका ९ जनालाई सेवा प्रदान गरिएको सुचना अधिकारी पौडेले जानकारी दिनुभयो ।
सेवा प्रदान गरेका मध्ये १४ बर्ष मुनिका ६१ जना ,१५ देखि१८ बर्षसम्मका ४४, १९ देखि ४९ बर्षसम्मका ७७, ५० देखि ६० बर्ष उमेर समुहका ५ र त्यसभन्दा माथिका ३ जना छन् । अघिल्लो आर्थिक बर्ष २०७६÷७७मा भरतपुर अस्पतालले २ सय १२ जनालाई सेवा सेवा दिएको थियो ।



