काठमाण्डौ । नेपाली मूलका खेलाडी विकास मेराग्लियाले ए डिभिजन लिग खेल्ने निर्णय गरेका छन् । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका विकासले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने पक्का भएको हो ।
युवा खेलाडी विकास र च्यासल क्लबबीच शुक्रबार सम्झौता भएको छ । इटालियन सिरी ए क्लब एटलान्टाको युथ टिमबाट खेल्ने विकास ए डिभिजन लिग खेल्न मंगलबार काठमाडौं आएका थिए । इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास १३ वर्षपछि नेपाल आएका हुन् ।
यही कात्तिक २९ गतेदेखि हुने ए डिभिजन लिगका लागि च्यासलले यसअघि नै साविक विजेता मछिन्द्र क्लबबाट विराज महर्जन र मनाङ मस्र्याङ्दीबाट कमल श्रेष्ठलाई भित्र्याइसकेको छ । दुवै जना डिफेन्डर हुन् र यसअघि आफ्नो क्लबमा कप्तान समेत थिए । नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । १८ वर्षीय विकासले पछिल्लो समय इटालीका चर्चा कमाईरहेका छन् । सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकाशलाई १३ वर्षपछि नेपाल आएका हुन् ।