×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दूव्र्यवहार गर्ने १७ जनाविरुद्ध मुद्दा दर्ता


  •   शनिबार, कार्तिक ०६, २०७८
  • धनुषा । जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुले खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर ६२ जना कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो ।

    Advertisement

    बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डाशैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटासहित कार्यालय पुगेका दर्जनौँ कार्यकर्ताले प्रमुखलाई जबर्जस्ती कार्यालयबाट थुतेर बाहिर ल्याई कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए ।

    उनीहरुले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपिट गर्दै घुमाएका थिए । सो घटनामा सम्लग्न १७ जना नेतारकार्यकर्तामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार उक्त पार्टीका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत सङ्घका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

    उनले भने, “यस मुद्दामा अभियुक्तहरूलाई क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र रु ४० हजारसम्म जरिवाना हुनसक्छ ।” बाँकी पक्राउ गरिएका ४५ जनालाई बिहीबार अबेर राति हिरासमुक्त गरिएको थियो । यता मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.