×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लुकाइएका सूचना खोजेर समाचार लेख्ने पत्रकार जनताले खोजेका छन्: प्रशिक्षक झा


  •   बुधबार, कार्तिक ०३, २०७८
  • विपिन रानाभाट,गैँडाकोट । पत्रकारिता क्षेत्रका प्रशिक्षक एवम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले लुकाईएका सूचना खोजेर समाचार लेख्न नवलपुरका पत्रकारहरुलाई सुझाव दिनुभएको छ । नेपाली पत्रकारिता नेता वा अन्य उच्च ओहोदामा बसेका व्यक्तिले के भन्नुभयो भन्ने विषयमा बढि केन्द्रीत हुँदा जनचासो कम हुँदै गएको भन्दै शासन गर्नेहरुले लुकाएका सूचना खोजेर समाचार प्रकासन प्रशारण गर्न आग्रह गर्नुभएको हो ।

    Advertisement

    नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा, शेयरकाष्ट इनिसियटिभ्सले गैँडाकोटको भिडिआरसीमा गरेको खोजमूलक पत्रकारिताको तालिममा बोल्दै झाले देशमा संघीय संरचना आएर तीन तहको सरकार बनेपनि जनताले चाहेअनुसार विकास र पारदर्शी नभएको भन्दै पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । ऐन नियम मिचेर जनतालाई थाहानै नदिई धेरै गतिविधि भएको हुनसक्ने भन्दै त्यसतर्फ खोजमूलक समाचार र रिपोर्टहरु तयार पार्न उहाँले आग्रह गर्नुभएको हो ।


    स्थानीय मुद्दानै समाचार बन्ने भएकाले त्यहाँको इस्यूलाई गहिराईमा पुगेर खोज गरी समाचार बनाएर जनतामाझ पस्किन सकेमात्रै समाज सँगै पत्रकारिता क्षेत्रपनि सुधारिदै जाने उहाँको भनाई थियो । भोलिसम्म चल्ने तालिमले नवलपुरका पत्रकारहरुमा खोजमूलक समाचार खोज्ने र लेख्ने क्षमता विकास हुनेमा आफू विस्वस्त रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले नवलपुरमा यो तालिम आउनु यहाँका पत्रकारहरुको क्षमता विकास सँगै थप नयाँ र खोजमूलक समाचार तयार पार्न मद्दत मिल्ने बताउनुभयो । तर तालिममा सिकेका सीप र शिक्षा दैनिक पत्रकारिताको अभ्यासमा उतार्न उहाँको सुझाव छ । कार्यक्रममा बोल्दै शेयरकाष्टका प्रतिनिधि एवम कार्यक्रम संयोजक भूमि चापागाईले शेयरकाष्टले स्थानीय तहहरुमा चुनावका प्रतिवद्धता र हालसम्म पुरा भएका हुन वाँकी आदिको विषयमा सर्वेक्षण गर्न लागेको बताउँदै त्यसमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । साथै तालिम पश्चात तीन जना पत्रकारहरुलाई ३५हजार प्रति व्यक्ति फेलोसीप समेत उपलब्ध गराउने बताउनुभयो । खोजमूलक समाचार तयार पार्ने उत्कृष्ट तीन जनालाई उक्त रकम उपलब्ध गराउने उहाँको भनाई छ ।

    कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कडेँल,हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै राजनीतिक आस्थाका आधारमा पत्रकारले समाचार लेख्न नहुनेमा सचेत गराउनुभएको थियो ।

    नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष दिपक भट्टराई लगायतको उपस्थिती रहेको थियो । जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमको पहिलो सत्र नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले सहजीकरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.