चितवन । चेपाङ बालवालिकाहरुको संरक्षण गर्दै आइरहेको गामबेँशी चेपाङ संरक्षण केन्द्रमा निर्मित ६ कोठ छात्रावासको आज उद्घाटन गरिएको छ ।
केन्द्रका प्रमुख केपी किरण शर्माका अनुसार जर्मन–नेपाल फ्रेण्डसिप यसोसियसनको सहयोगमा निर्मित २ तले ६ कोठे भवन करिब ४५ लाख रुपैयाको लागतमा निर्माण गरिएको हो । सो भवनमा ४५ जना विद्यार्थी छात्राहरु आवासीय रुपमा बस्न सक्नेछन् ।
यसोसियसनका प्रमुख, एनआरएनएका सस्थापक तथा केन्द्रका प्रमुख सल्लाहकार समाजसेवी रामप्रताप थापाले छात्रावास भवनको रिवन काटेर उद्घाटन गर्दै उहाँले बिपन्न तथा अल्पसंख्यक चेपाङ विद्यार्थीको उन्नतिका लागि सहयोग गर्न पाँउदा खुसी लागेको बताउनु भयो । साथै उहाँले सबै पक्ष मिलेर चेपाङको शैक्षिक एवं आर्थिक बिकासमा लाग्नु पर्ने समेत बताउनु भयो ।
केन्द्रमा बिपन्न बस्तीका १ सय ७० जना चेपाङ विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् । ६ महिना सहकाल ६ महिना अनिकालको अवस्था भोगेका चेपाङहरुको छोराछोरीलाई शिक्षा दिएर भविष्य उज्जवल गराउँदै आएको केन्द्रले कोभिड महामारीमा विभिन्न संघसंस्था व्यक्तिसँगको सहकार्यमा खाद्यन्न समेत वितरण गरेको थियो । देश संघीयतामा गएपनि चेपाङहरुको जीवनस्तर माथि उठ्न सकेको छैन ।