चितवन । तमु प्ये ल्हु संघ चितवनको अध्यक्षमा लालप्रसाद गुरुङ चयन हुनुभएको छ ।
Advertisement
आज सम्पन्न संघको १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले गुरुङहरुको धार्मिक सामाजिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा गुरुङलाई , वरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, उपाध्यक्षमा मिन बहादुर गुरुङ, सचिवमा नारायण बहादुर गुरुङ, कोषाध्यक्षमा पेज बहादुर गुरुङ, सह–सचिवमा कृष्ण गुरुङ, सह–कोषाध्यक्ष खुशीमान गुरुङ, सदस्यहरुमा बखानसिं गुरुङ, प्रेम कुमारी गुरुङ, पूर्णीमा गुरुङ, गोविनद गुरुङ, र धन बहादुर गुरुङ लाई चयन गरेको हो ।
निर्वाचित हुने पदाधिकारीहरुले आज नै शपथ ग्रहण गरीसकेको निर्वाचन मण्डलका संयोजक अधिवक्ता खड्क बहादुर गुरुङले जानकारी दिनुभयो ।