काठमाण्डौ । नेपाली फुटवल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अन्तत नेपाल फर्कन राजी भएका छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सँग भेटघाट पछि उहाँ नेपाल फर्कन तयार हुनुभएको हो । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि उहाँ नेपाल नआई कतार जानुभएको थियो ।
Advertisement
साफ च्याम्पियनसिप फुटवलको फाइनलमा भारतसंग नेपाली टिमको खेल नै अन्तिम हुने र त्यसपछि नेपाल नफर्कने बताउनुभएका मुख्य प्रशिक्षक नेपाल फर्कने निश्चित भएको हो ।
साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेर्न वाध्य उहाँले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने प्रतिक्रिया दिनुभएको थियो ।
एन्फाले गत चैत अर्थात अप्रिल २०२१ मा एक वर्षका लागि अलमुताइरीसंग सम्झौता गरेको थियो । त्यस अनुसार उनीसँगको सम्झौता २०२२ मार्च सम्म रहन्छ ।