×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

५० करोडमा भरतपुरको शारदानगरमा खानेपानीको ओभरहेड ट्याङ्की बन्ने


  •   बुधबार, कार्तिक ०३, २०७८
  • चितवन । भरतपुर महानगरपालिकाको शारदानगरमा खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की बन्ने भएको छ । महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका १९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको हो ।
    भरतपुर महानगरमा यस आयोजना संचालनमा आएसंगै १९ हजार घरधुरी लाभान्वित हुने छन् । ३ बोरिङ, ३ ओभरहेड टंकी र २७४ किलोमिटर पाईपलाईन विस्तार हुनेछ । २ बर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनिले ठेक्का सम्झौता गरी निर्माण कार्य शुरू गरेको छ ।
    सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरवको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न गरेर नगरवासीलाई शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितीलाई आग्रह गर्नुभयो।
    प्रमुख दाहालले महानगरपालिका भित्र खानेपानीका पूर्वाधार र सरसफाईको क्षेत्रमा करिब ३ अर्ब बराबरको लगानी भइरहेको बताउदै यी आयोजनाहरू सम्पन्न भएपछि महानगरपालिकाको सबै क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच पुग्ने दावी समेत गर्नुभयो ।
    हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितीमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पुर्याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने दावी गर्नुभयो ।
    सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्वर १९ का वडाध्यक्ष कर्ण बहादुर गुरूङले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरूलाई शुद्ध र गुणस्तरिय पिउने पानीको सहज पँहुँच स्थापित हुने बताउदै यस आयोजनाबाट बढि भन्दा बढी लाभ लिन उपभोक्ताहरूलाई आग्रह गर्नुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.