चितवन । धमाधम निक्षेपमा व्याजदर बढाएका बैँकहरुलाई नेपाल राष्ट्र बैँकले अंकुश लगाएको छ । एकाएक निक्षेपको ब्याजदर बढाएका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले परिपत्र गरेर तत्कालै ब्याजदर घटाउन निर्देशन दिएको हो । ब्याजदर बढाएका बैंकहरुलाई बुधबारभित्रै नयाँ ब्याजदर तोकेर आजदेखि नै लागू गर्न निर्देशन दिएको हो ।
Advertisement
कात्तिकका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरुले तीन वर्ष यताकै उच्च ब्याजदर दिने घोषणा गरेका थिए ।राष्ट्र बैंकले समयसीमा नै तोकेर बैंकहरुलाई ब्याजदर घटाउन पहिलो पटक यस्तो निर्देशन दिएको हो ।
अव वैँकहरुले साविकको व्याजदरमा जम्मा १० प्रतिशत बढिमा बढाउन पाउने छन् । राष्ट्रवैँकले हिजो तीन बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई अघिल्लो प्रकाशित ब्याजदरमा १० प्रतिशतमात्रै परिवर्तन गर्न सक्ने बताएको छ ।