चितवन । यही कार्तिक ७ र ८ गते चितवनका ६३ हजार र नवलपुरका ३१ ह्जार वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । सधैँ कार्तिक २र ३ गते खुवाइदै आएकोमा यो पटक कार्तिक ७ र ८ गतेलाई तय गरिएको हो ।
६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ६३ हजार ३७५ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए खुवाइने र एक वर्षदेखि ५ वर्षसम्मका ५६ हजार भन्दा बढी बालवालिकालाई जुकाको औषधि खुवाइने तिवारीले बताउनुभयो ।
जिल्लाका ४६१ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने तिवारीले जानकारी दिनुभयो ।
नवलपुरमा पनि सोही मितिमा भिटामिन ए र जुकाको औषधी खुवाईदैछ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जिल्लाका ३० हजार ९ सय ८९ जनालाई भिटामिन ए र २७ हजार ३९ जनालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको बताउनुभयो । गैँडाकोटका ४ हजार ९ सय २९ जनालाई भिटामिन ए र ४ हजार १ सय ७७ जनालाई जुकाको औषधी, देवचुलीका ३ हजार ९ सय १८ जनालाई भिटामिन ए र ३ हजार ३ सय ७४ जनालाई जुकाको औषधी , कावासोतीका ५ हजार ६ सय १३ जनालाई भिटामिन ए र ४ हजार ८ सय १७ जनालाई जुकाको औषधी खुवाईने छ ।
त्यस्तै मध्यविन्दुमा ५ हजार ३ सय ८६ जनालाई भिटामिन ए र ४ हजार ६ सय ९७ जनालाई जुकाको औषधी, विनयी त्रिवेणीमा ३ हजार ६ सय ७७ जना बालबालिका भिटामिन ए र ३ हजार २ सय ५८ जना जुकाको औषधी , हुप्सेकोटका ३ हजार १ सय ५१ जनालाई भिटामिन ए र २ हजार ८ सय ३६ जनालाई जुकाको औषधी , बुलिङटारमा २ हजार ४ सय ४ जना भिटामिन ए र २ हजार १ सय ६५ जनालाई जुकाको औषधी ,बौदीकालीका १ हजार ९ सय ११ जनालाई भिटामिन ए र १ हजार ७ सय १५ जनालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।