चितवन । चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएपछि सो घोषणा गरिएको हो ।
Advertisement
विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको हो ।
साथै परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिनुभएको छ । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।



