बिपिन रानाभाट , गैंडाकोट , कात्तिक २ ।
नवलपुर जिल्लाको गैडाकोट नगरपालीका वर्डा न १ जौजुवा टोलमा सयपत्री फूल फुल्न थालेको छ । स्थानिय सुर्य प्रसाद चालिसेले लगाएको सयपत्री फूल फुल्न सुरु गरेको हो । ४ कठ्ठा क्षेत्रफलमा उहाँले ब्यबसायिक फूल खेती गर्नुभएको हो ।
तिहार पर्वलाई लक्षित गरि फूल खेती गरे पनि अगाबै फुल्न थालेपछि बिक्री पनि सुरु गरेको चालिसेले जानकारी दिनुभयो । ढकमक्क फुलेका सयपत्री फूलहरुलाई उहाँले थुङ्गा र माला बनाई बिक्री गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ मैले होलसेलमा लिनेहरुलाई प्रति थुङ्गाको रु ३ र खुदा्रमा लिएर जानेहरुलाई प्रति थुङ्गा रु ५ मा बिक्री गरिरहेको छु ।”
कसैले माला बनाएर लैजान चाहेमा पनि उक्त सुबिधा पनि उपलब्ध हुने जानकारी दिनुभयो । सयपत्री फूल बिबाह , ब्रतबन्ध , पूजा आजा अतिथि सत्कार , सभा सम्मेलन आदिमा प्रयोग गर्ने गरिन्छ ।
साथै तिहार छठ आदि पर्बका लागि फूलको बुकिङ समेत सुरु गरिएको लीला गिरीले जानकारी दिनुभयो । त्यसका लागी कमला चालिसे ९८४५३३२६६८ ,सुर्य प्रसाद चालिसे ९८४५०९०५२४ र लिला गिरी ९८०९१०१४६५ मा सम्पर्क गर्न सकिने छ ।