चितवन । चाडवाड केन्द्रीत सुरक्षा योजना जारी गरेपनि चितवनमा सवारी दुर्घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार घटस्थापना देखि असोज ३० गतेसम्म २ वालक सहित ९ जनाको मृत्यु भएको हो । भित्री सडक खण्डको दुर्घटनाबाट मात्रै ५ जनाले ज्यान गुमाएका छन् । १९ वटा दुर्घटनामा २ महिला र २१ पुरुष गरी २३ जना घाइते भएको थापाले बताउनुभयो ।
चाडपर्व लक्षित सुरक्षा योजनाले मुख्य सडकमा दुर्घटना कम भएपनि भित्रि सडकमा बढि दुर्घटना भएको र धेरै दुर्घटना हुनेमा दुइ पाग्रे सवारी रहेको उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले यात्रुहरुको वाक्लो उपस्थिती हुने तीन ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको थियो ।
सीमित जनशक्तिका वीचपनि ट्राफिकले दुर्घटना न्यूनिकरणका लागि सक्रियपूर्वक लागिरहेको भन्दै प्रहरी निरीक्षक थापाले करिव ५० जना ट्राफिकले जिल्लाभरको ट्राफिक व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।
दसैँको समय चितवनमा १९ वटा दुर्घटना, ९ जनाको मृत्यु २३ घाइते
दसैँको समय चितवनमा १९ वटा दुर्घटना, ९ जनाको मृत्यु २३ घाइते
Advertisement
तपाईको प्रतिक्रिया



