काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतसँग तीन गोलको सामना गरी उपविजेता रहेको नेपाली खेलाडीहरुको आगमी खेलमा हौसला र प्रोत्साहन मिल्ने भन्दै सरकारले ५÷५ लाख र प्रशिक्षकहरुलाई ३÷३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
Advertisement
माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । नेपाली टोली आज स्वदेश आइपुगेको छ ।