चितवन । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसर पारेर मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । भोलि मोहम्मद जयन्तीे १४९६ रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।
Advertisement
यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा स्कटल्यान्डमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटुमा सहभागी हुने प्रतिनिधिमण्डलसमेत गठन गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यसवाहेक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई ुअबुधावी डायलगुको छैटौं मन्त्रीयस्तरीय बैठकमा सहभागी हुनका लागि बैठकले स्वीकृति दिने निर्णय गरेको बताइएको छ ।