×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भारतबाट आउने केराका कारण चितवनका किसान मारमा,उचित मूल्यको माग


  •   सोमबार, कार्तिक ०१, २०७८
  • चितवन । नेपाली किसानको केरा बजारमा लग्ने समय मै भारतीय केरा आयात हुँदा किसान मारमा परेका छन् । वर्षभरी लाखौँ रुपैया खर्च गरी केरा उत्पादन गरेपनि बजारमा उचित मूल्य नपाउँदा उनीहरु चिन्तित समेत छन् । भारत सरकारले किसानलाई दिने अनुदान र सहयोगका कारण यहाँ भन्दा सस्तोमा उत्पादन हुने केरा नेपाल आउँदा समेत यहाँको भन्दा कम मूल्यमा पाउने भएपछि नेपाली उत्पादन विक्रि नभएको चितवनका केरा किसान इश्वरी चापागाइले बताउनुभयो ।

    Advertisement

    उहाँले दुई विघा क्षेत्रफलमा कालिका १ सुर्यपुरमा व्यवसायिक केरा खेती गर्दै आउनुभएको छ । पूर्णरुपमा भारतीय केराको आयात रोक्न नसकेपछि केही महिना ढिलाई गरेमात्रैपनि नेपाली केराले राम्रो भाउ पाउने उहाँको भनाई छ । तर नेपाल सरकारले आफूहरुको कुरा नसुनेको उहाँको गुनासो छ ।
    कालिका नगरपालिका १ सुर्यपुरकी तारा तामाङको वाध्यता र गुनासो पनि चापागाइकै जस्तो छ । धान मकै गर्दै आएको जमिनमा अहिले केरा खेती लगाउनुभएको छ । १ विघा जमिनमा विगत ४ वर्षदेखि मालवोउ केरा लगाउदै आउनुभएको हो तर केही वर्ष राम्रै आम्दानी दिएपनि अहिले बजारमा भाउ पाउन कठिन भएको उहाँको गुनासो छ ।

    भाउ पाउन कठिन भएपछि किसानहरुले भारतबाट आयात हुने केरा रोक्न माग गरेका छन् । कम्तिमा नेपाली उत्पादनको बजार हुने समय रोकिदिएमात्रै पनि किसानलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

    किसानहरुले मूल्य नपाएको गुनासो बढेपछि केरा व्यवसायी संघ सक्रिय बनेको छ । संघका महासविच जनकराज पन्तले सरकारलाई पटक पटक भारतीय केराको आयात रोक्न आग्रह गरेपनि सुनुवाई नभएको बताउनुभयो ।

    कार्तिक देखि मंसिर सम्म जि ९ जातको केराले बजार पाउनुपर्ने हो तर बोटमै केरा पक्न थालेपछि किसान आत्तिएका छन् । मालवोउ जातको केराले बढि मात्रामा बजार पाएपनि अन्य जातका केरा विक्रि नहुने समस्या बढ्दै गएको छ । चितवनमा करिव २ हजार हेक्टरमा केरा खेती गरिदै आएको छ । जसमा ७ सय किसान आवद्ध रहेर वार्षिक करिव २ अर्वको हाराहारीमा आम्दानी गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.