×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एक किलो रु. ५ मा पनि काँक्रो बिक्रि गर्न कठिन भएको किसानको गुनासो


  •   आइतबार, कार्तिक २६, २०८०
  • चितवन । एक किलो काँक्रो रु. ५ मा पनि विक्रि गर्न कठिन भइरहेको किसानले गुनासो गरेका छन् । तिहार लक्षित काँक्रो उत्पादन गरेपनि भाउ नपाएको समस्या व्यक्त गरेका हुन् ।

    Advertisement

    युवा आधुनिक सामुहिक खेति फर्म भरतपुर चितवनका लेखनाथ भुषालले तिहार लक्षित भनेर आफूहरुको समूहले करिव १५ बिग्गामा काँक्रो खेती गरेर अहिले विक्रि गर्नेसमय भएपनि बजार नपाएको गुनासो गर्नुभएको हो । फेसबुकमा लाइभ गर्दै उहाँले, “बिक्रिका लागि काँक्रो टिप्ने समय भइसकेको छ । फल राम्रो छ तर बजारीकरणमा भाउ पाउन कठिन भइरहेको छ । ”

    यहाँको उत्पादन दुर्घम क्षेत्रका बजारमा पुग्ने बातावरण गराउन आग्रह गर्दै कम्तिमा उपभोक्ताले रु.१० रुपैयाँ किलोमा काँक्रो खान पाउने व्यवस्था मिलाउन सरकारले सहयोग गर्नुपर्ने बताउँदै अहिले दलालीकरणबाट महँगोमा गुणस्तर नभएको काँक्रो खानुपर्ने अवस्था रहेको भुषालको दावी छ ।
    त्यस्तै सरकारी कर्मचारीनै नेपाली उत्पादनलाई वेवास्ता गर्न सक्रिय रहेको भन्दै, ‘कर्मचारीले तलव नेपाली जनताको करबाट खान्छन् की भारतबाट ? मलाइ त नेपाली जनताको करबाट खान्छन जस्तो लाग्छ । फेरि किन भारतबाट आउने कृषि उपजलाई प्राथमिकता दिन्छन्? पत्रकारहरुले यसवारे सोधिनदिन आग्रह छ ।’

    भन्सारका सरकारी कर्मचारीले समेत नेपाली किसानलाई र उनीहरुको उत्पादनलाई हेप्ने गरेको भुषालको गुनासो छ ।

    राम्रो उत्पादन हुँदापनि बजार नपाउनु किसानका लागि दुखद क्षण भएको भन्दै उहाँले एक विघामा काँक्रो लगाउँदा करिव ३ लाख लगानी भएको बताउनुभयो । यसरी करिव ४५ लाख लगानी गरेर उत्पादन गरेपनि काँक्रो विक्रि नभएपछि अहिले टिपेर बारीमै राख्नुपर्ने वाध्यतामा रहेको गुनासो गर्नुभयो । हालसम्म २ लाख रुपैयाँ बरावरको मात्रै काँक्रो बिक्रि भएको र खर्च उठाउन कठिन हुनै बताउनुभयो । अहिलेकै अवस्था र मूल्य भइरहे लगानीको आधा पनि नउठ्ने खतराले चिन्तामा रहेको बताउनुभयो ।

    तिहार र छठसम्म मूल्य बढेर आउनेमा आफूहरु आशावादी रहेको भन्दै स्वदेशकै उत्पादन विक्रि भइनरहदा भारतबाट काँक्रो आयातलाई प्राथमिकता दिएकौ भन्दै त्यसलाई रोक्न उहाँको अनुरोध छ ।

    स्वदेशको उत्पादनलाई बजारीकरण गर्न सरकारलै प्राथमिकता दिनुपर्नै भएपनि त्यसो नहुँदा चितवनमा उत्पादन भइरहेका काँक्रो सहित फर्सी, टमाटरहरुकौ उत्पादन भइरहेको र बजारीकरणमा सहयोग गरी किसानलाई बचाउन सरकारसँग उहाँको माग छ ।

    किसान पलायन भए अझ बढी देश परनिर्भरतामा जानै भन्दै समयमै किसानको गुनासो सुनिदिन सरकारलाई उहाँको आग्रह छ । यूवाहरु मिलेर सामूहिक प्रयासमा कृषि खेति गर्दै आएको भन्दै उहाँले किसानलाई पलायन हुनै अवस्थाबाट समयमै बचाउन राज्यसँग माग गर्नुभएकौ छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.