×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

  • २. प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

  • ३. रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

कुष्ठरोग निवारणका चुनौति उस्तै, विरामी भेटिनेक्रम रोकिएन


  •   मङ्गलबार, माघ १७, २०७९
  • नवलपुर । कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ भन्ने मूल नारा सहित नेपालमा काम भइरहेपनि यसको निवारणका चुनौतिमा कमी आउन सकेको छैन ।
    स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो रोगसँग सम्बन्धित परम्परागत गलत धारणमा अझै परिवर्तन आउन नसक्दा निवारणको चुनौति कायमै रहेको हो ।

    Advertisement

    चालु आर्थिक वर्षमा नेपालभर २ हजार २८५ जना कुष्ठरोगीहरु भेटिएका छन् । जसमा ९८९ जना महिला रहेका छन् । भेटिएका बिरामीमध्ये १४ वर्षमुनिका विरामीको संख्यामात्रै ७३ छ ।
    प्रदेशगत रुपमा सवैभन्दा धेरै मधेश प्रदेशमा ९१० जना, लुम्बिनी प्रदेशमा ५८१ जना, प्रदेश १ मा ३४५ जना,सुदुर पश्चिम प्रदेशमा २०५ जना, गण्डकी प्रदेशमा ९३, वागमती प्रदेशमा ८३ र कर्णाली प्रदेशमा ६८ जना विरामी रहेका हुन् ।

    सन् २००० को तुलनामा २०२१/२२ मा भने नयाँ विरामीहरु बढ्नेक्रमको दर निकै घटेको छ । तर निराकण भने भएको छैन ।
    नवलपुरमा ९ जना नयाँ कुष्ठरोगीहरु फेला परेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्म २ जना महिला र ७ जना पुरुष गरी ९ जना विरामी नयाँ रहेका हुन् । गैँडाकोट नगरपालिकामा १ महिला सहित ३ जना, हुप्सेकोटमा १ जना, मध्यविन्दुमा १, देवुचलीमा १, कावासोतीमा १ जना विरामी रहेका हुन् ।

    स्वास्थ्य कार्यालय नवलपुरका ल्याव टेक्निसियन डिल्लीराम तिवारीका अनुसार ७० औँ विश्व कुष्ठरोग दिवस माघ १५ गते तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म १२ जना विरामी निको भएका छन् । जसमा महिला र पुरुष ६/६ जना छन् । गैँडाकोटका १, हुप्सेकोटका १, विनयी त्रिवेणीका २, मध्यविन्दुका २ , देवचुलीका ५ । कावासोतीका १ जना विरामी निको भएका हुन् ।

    कुष्ठरोग निवारणका लागि अहिले सक्रिय विरामी खोज पड्ताल, कुष्ठररोग रोकथा कार्यक्रम, जनचेतना मुलक कार्यक्रम, अपाङ्गता रोकथाम, पुनस्र्थापना लगायतका कार्यक्रम संचालन गरिएको छ ।

     राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२ अहिले जारी छ कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य संचालन निर्देशीका २०७५ अनुसार अहिले गतिविधिहरु भइरहेका छन् । सन् २०२१–२०३० सम्म शून्य कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र लागु छ । कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य भएपनि अझै पनि कुष्ठरोगका कारण हुने अपांगता दर उच्च रहेको ,हाल पनि स्थानिय संक्रमणदर उच्च रहेको ,कुष्ठरोग प्रति सामाजिक भेदभाव बिद्यमान रहेको ,कुष्ठरोग कार्यक्रमको अभिलेख प्रतिवेदनमा दुरुस्त नरहेको ,कुष्ठरोग कार्यक्रम सरोकारवालाहरुको कम प्राथमिकतामा रहेको ,कुष्ठरोगसंग सम्वन्धित दक्ष जनशक्तिको कमि आदिले समस्या भइरहेको बताएएको छ ।

    कुष्ठरोगका लक्षण तथा चिन्हहरु देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित बहु औषधी उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रुपले निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ ।

    कम सर्ने खालको कुष्ठरोग ः ६ महिना र सर्ने खालको कुष्ठरोग ः १२ महिना नियमित औषधी सेवन गर्नुपर्छ ।
    चिन्ह र लक्षणको आधारमा कुष्ठरोग दुइ प्रकारका छन् । कम सर्ने खालको कुष्ठरोग ः शरीरमा १ देखि ५ वटा लाटो वा फुस्रो नचिलाउने दागहरु भएको र सर्ने खालको ः शरीरमा ५ वटा वा सोे भन्दा बढी लाटो वा फुस्रो नचिलाउने दागहरु भएमा, स्नायु सुनिएमा वा दागहरुबाट लिईएको स्मियरमा किटाणु देखिएमा तुरुन्तै जचाउन चिकित्कहरुले सुझाव दिएका छन ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.