×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

समिति सक्रिय हुँदा सामुदायिक वनमा हुने तस्करी नियन्त्रणउन्मुख


  •   शनिबार, माघ १४, २०७९
  • चितवन । समितिमा रहेपछि आफ्नो जिम्मेवारी वहन गर्दा सामुदायिक वनमा हुने तस्करीहरु नियन्त्रणमा कसरी आउँछ भन्ने उदाहरण चितवनमा रहेको एक सामुदायिक वनले प्रस्तुत गरेको छ ।
    समितिको अध्यक्षमा शंकर लामा सहित नयाँ नेतृत्व आएसँगै कालिका ७ चितवनमा रहेको उदयपुर सामुदायिक वनभित्र हुने तस्करी नियन्त्रणउन्मुख भएको छ ।

    Advertisement

    लामा नेतृत्वको समितिले चोरी तस्करी नियन्त्रणसँगै बन जोगाउन नयाँ नियम समेत बनाएर लागू गरेको छ ।
    वनबाट हुने चोरी तस्करीहरुलाई रोक्न हेरालुको कमीले केही समस्या भएपछि अहिले समितिका व्यक्तिहरुलाई नै परिचालन गर्ने गरिएको हो ।
    चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न नसकेपनि पहिलेको तुलनामा आफूहरुको सक्दो प्रयासपछि अहिले धेरै कमी भएको लामाको भनाई छ ।
    समितिमा रहनुभएका व्यक्तिहरुलाई खटाएर वनको नाका नाकामा तैनाथ गरिएको र यसले तस्कहरु नियन्त्रण गर्न सम्भव भएको उहाँको भनाई छ । त्यसरी खटिने समितिका सदस्यहरुलाई निश्चित रकमको भत्ता उपलब्ध गराउने गरेको लामाले बताउनुभयो ।
    चुनावताका हरिया रुखहरु काटेर दाउरा बनाउनेहरु धेरै भएपनि अहिले दाउराका लागि काँचो रुख काट्ने कार्य पूर्णरुपमा रोक्न सकिएको उहाँले बताउनुभयो ।
    चोरी तस्करीलाई शून्य बनाउन नसकेपनि अहिले धेरै नियन्त्रणमा आइसकेको र जफत गरिएका काठहरु मुचुल्का बनाएर राखिएको लामाको भनाई छ । तस्करहरुबाट नियन्त्रण काठको सवै विवरण लिएर वडाअध्यक्ष हस्ताक्षर गराई सुरक्षित राख्दै आएको लामाले बतउनुभयो । आफू समितिमा निर्वाचित भएर आएपछि आफ्नो मुख्य ध्ययनै वनमा हुने चोरी तस्करी नियन्त्रण गर्नु रहेको भन्दै त्यसैमा केन्द्रीत हुँदा सफलता मिल्दै गएको उहाँको दाबी छ । हालसम्म साँढे २ सयको हाराहारीमा काठ नियन्त्रणमा लिएको उहाँको भनाई छ ।

    जुन वडामा काठ समातिएको हो सोही वडाका वडाअध्यक्षलाई रोहवरमा राखेर मुचुल्का उठाउने गरिएको छ । वडाअध्यक्षलाई रोहवरमा राख्दा तस्करी भइरहेको जानकारी समेत दिन सजिलो हुने र यसले त्यस्ता कार्य नियन्त्रणमा थप मद्दत मिल्ने उहाँको विश्वास छ ।
    रातको समय तस्करी भइरहेको सूचना आए नेपाल प्रहरीको सहयोगमा तस्करहरु नियन्त्रणमा लिने कार्य गर्दै आइरहेको लामाले बताउनुभयो ।
    आफू अध्यक्षमा निर्वाचित हुनासाथ हेरालुको परिचालनलाई सक्रिय गराएको, एक जना हेरालुसँग समितिका व्यक्तिहरु समेत बसी चार पाँच समूह बनाई बनको रेखदेख भइरहेको उहाँको भनाई छ ।

    आफूले तस्करलाई समात्नका लागि एउटा ग्रुप गएको ठाउँ अर्को ग्रुपलाई थाहा नदिएर परिचालन गर्ने गरेको अध्यक्ष लामाको भनाई छ ।
    आफ्नो कार्यकाल सम्झनलायक गराउन आफू सक्रिय भएको भन्दै चाँडै नै अहिले खाली रहेको २ सय विघा जमिनमा वृक्षारोपण गर्ने योजना रहेको लामाले बताउनुभयो । त्यस्तै नियन्त्रणमा लिएका काठहरु उपभोक्ताको आवश्यकता अनुसार वितरण गर्ने योजना ल्याउन लागेको लामाले सुनाउनुभयो । उहाँले भन्नुभयो,“घरका लागि काठ पाइन्छ की भनेर कुर्दाकुर्दै वर्षौ वितेको तितो अनुभव छ । १ देखि २ वर्ष सम्म उपभोक्ताले कुरेका छन् । त्यसैले जिल्ला वनबाट विक्रि आदेश ल्याएर यो सेवा उपलब्ध गराउनेछु । ”

    सालको १६ सय क्यूफुट र ८०० सय जति कु काठ रहेको र त्यसलाई काटेर चाँडै सेवा दिने बताउँदै अहिले छपान आदेश आइसकेको बताउनुभयो । आफूले २, ३ दिन भित्रमा छपान गर्ने, छपान गरेको १५ दिनभित्र काठ काट्ने बताउनुभयो । जिल्ला वनको समन्वयमा काम गर्ने उहाँको भनाई छ । सवै उपभोक्तालाई राम्रोसँग सूचना दिएरमात्रै काठ वितरण सुरु गर्ने लामाले बताउनुभयो ।

    त्यस्तै तस्कर नियन्त्रणसँग बन जोगाउन अहिले उपभोक्तालाई हप्ताको तीन दिनमात्रै जंगल पस्न अनुमति दिने गरिएको छ । हप्ताको तीन दिन उपभोक्तामात्रै घाँस र सुकेका दाउरा लिन मात्रै प्रवेश पाउनेगरी आफूले नयाँ नियम बनाएर लागू गरेको लामाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.