चितवन । डिभिजन वन कार्यालय चितवनले नि:शुल्क विरुवा वितरण गरिरहेकाे छ ।
बढ्दै गएकाे शहरीकरणमा पर्यावरण नष्ट हुन नदिन यसरी विरुवा वितरण गरिएको हाे।
कार्यालयका सहायक बन अधिकृत तथा सुचना अधिकारी बालकृष्ण खनालका अनुसार याे पटक २ लाख ५० हजार वटा विरुवा हुर्काइएकाे छ । सबै नि:शुल्क वितरण भइरहेकाे हाे ।
याे पटक जिल्ला वन पैदावर आपूर्ति समितिबाट १ लाख ५० हजार र संघ सशर्त अनुदान कार्यक्रम मार्फत थप १ लाख विरुवा उत्पादन गरिएको छ । यस बाहेक फलफूल आंप, लिचिर कागती, अनार लगायतका करिव २३ हजार विरुवा बाहिरबाट खरिद गरी नि:शुल्क दिइएकाे खनालले बताउनुभयाे ।
कार्यालयबाट मात्रै वितरण गर्दा भीड हुने र सेवाग्राहीलाइ समस्या हुने भन्दै याे पटक भने जिल्लाका आठ वटा सव डिभिजन वनकाे कार्यालयबाट फलफूलका विरुवा वितरण भइरहेको उहाँको भनाइ छ । कयुलेयती, सामुदायिक वनलाई पहिलाे प्राथमिकता र त्यसपछि उपभोक्ता , संघसंस्थालाइ दाेस्राे प्राथमिकतामा राखेर म्यान्गुइष्टिक,चाकरण्डा,कपुर,धुपी,निम,बेल,बडहर,इपील लगायतका विभिन्न ४० प्रजातिका विरुवा वितरण भइरहेकाे खनालले बताउनुभयाे । पछिल्लो समय काठजन्य तथा शहरी साैन्दर्यलाइ बढी जाेड दिएर साेही खालका विरुवा हुर्काएर वितरण गरिरहेकाे उहांले बताउनुभयाे । फलफूल बाहेकका अन्य विरुवा जाे कार्यालय परिसरकाे केन्द्रीय नर्सरीमा हुर्काएका विरुवा भने मुख्य कार्यालयबाटनै वितरण भइरहेकाे छ । कसैलाई विभेद नगरी जाे पहिला आउनुहुन्छ उहांलाइनै विरुवा दिंदै आएकाे खनालले बताउनुभयाे ।
असार १४ गतेदेखि बितरण गर्न थालिएको हाे । हालसम्म ५० हजार विरुवा वितरण भइसकेकाे छ । गत वर्ष १ लाख ५० हजार मात्रै विरुवा वितरण गरिएकोमा अहिले २ लाख ५० हजार विरुवा हुर्काइएकाे हाे । सामुदायिक वनले लेटरप्याडमा लेखेर आग्रह गर्ने र उपभोक्ताका लागि नाम र फाेन रेकर्ड राखेर आवश्यकता अनुसार मात्रै विरुवा वितरण
कार्तिक मंसिर सम्मनै विरुवा वितरण भइरहने खनालले बताउनुभयाे । वितरणका लागि हुर्काएका विरुवा नसकिदासम्म वितरण गरिरहने खननालले जानकारी दिनुभयाे । विरुवा वितरण पछिकाे अनुगम नहुंदा विरुवा प्राप्तिपछिकाे प्रगतिमा भने डिभिजन वन चितवनले आलाेचना खेपिरहेकाे छ । तर सूचना अधिकारी समेत रहनभएका खनालले व्यक्तिले लैजाने विरुवाको अनुगमन गर्न कठिन भएपनि सामुदायिक तथा कबुलियती वन तथा संस्था र टाेल विकासले लैजाने विरुवाकाे अनुगमन गरिने बताउनुभयाे । खनालले भन्नुभयाे,” राज्यले नि:शुल्क दिएकाे विरुवा हुर्काउने नागरिककाे दायित्व पनि हाे । व्यक्ति आफै सचेत हुनुपर्छ भन्ने लाग्छ । याे डिभिजन वनकाे सहुलियतपूर्ण कार्य पनि हाे । ”
सामुदायिक वन र टाेलविकास संस्थाहरुले लग्ने विरुवा हुर्काएकाे प्रगति राम्रो रहेकाे खनालकाे भनाइ छ। त्यस्तै पाेहाेर भरतपुर १५ मा ट्री गार्ड सहितकाे राेड साइड प्लान्टेशनलाइ दिएकाे विरुवा लाेभलाग्दाे रुपमा हुर्किएकाे बताउनुभयाे । वितरित विरुवाकाे ९९ प्रतिशत प्रगति देखिएकाे भन्दै राम्रो कार्यगर्नेलाइ प्राेत्साहित गर्न याे पटक पनि त्यहाँ कार्यक्रम गरेकाे खनालले बताउनुभयाे । डिभिजन प्रमुखले १.३ किलोमिटरमा विरुवा राेप्ने कार्यक्रमकाे त्यहाँ शिलान्यास समेत गरिसक्नुभएकाे छ। अहिलेकाे समय एउटा विरुवा उत्पादन गर्न १० रुपैयाँ लाग्ने उहाँको भनाइ छ । त्यसरी खर्च लागेपनि वातावरण बचाउन डिभिजनले नि:शुल्क विरुवा वितरण गर्दै आइरहेको छ ।
प्राकृति वातावरणलाइ सन्तुलनमा राख्न,चितवनकाे बढ्दाे शहरीकरणमा हरियाली थप्न,शहरी साैन्दर्यता बढाउन,पर्यावरण जाेगाउन,जैविक विवपधताकाे संरक्षणमा समेत टेवा पुर्याउने विरुवा वितरणको उद्देश्य रहेकाे खनालकाे भनाइ छ । त्यस्तै वनहरुमा हुने क्षयीकरण जाेगाउन, नाङ्गा डांडा हरियाली बनाउन साथै उपभोक्तालाइ पनि केहि आर्थिकलाभ समेत हुने भएकाले घांस प्रजातिदेखि फलफूल तथा ठूला काठजन्य विरुवा वितरण गर्दै आएकाे उहाँको भनाइ छ ।
विरुवा विनाकाे शहरकाे परिकल्पना सम्म गर्न नसकिने भन्दै डिभिजन वनबाट लगेका विरुवा राम्रोसँग हुर्काउन उहाँको आग्रह छ ।