×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

‘विकटतालाई विकाससँग जोड्दै छु’ : गुरुङ


  •   मङ्गलबार, बैशाख २७, २०७९
  • चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिका सुगम जिल्लाको दुर्गम र पहाडी क्षेत्र मानिन्छ । यहाँको बिकास पछिल्लो पाँच वर्षलाई हेर्दा जनअपेक्षा अनुसार काम भएको पाईन्छ । बि. सं. २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि यहाँको बिकास र यहााका बासिन्दाको जिवन शैलीमानै परिवर्तन आएको देख्न सकिन्छ । पछिल्लो समय त्यहाँका जनता गाउँपालिकाले गरेको बिकास संग सन्तुष्ट मात्रै छैनन् कि पुनः गाउँपालिका अध्यक्षमा गिता गुरुङ्लाईनै देख्न चाहान्छन् । यो समयमा उहाँनै पुनः पाँच दलिय गठवन्धनका तर्फबाट अध्यक्षको उम्मेदवारका रुपमा रहनु भएको छ । यो पाँच वर्षमा उहाँले गरेका कामहरु र आँउदो ५ वर्षमा गरिने कामहरु उनकै शब्दमा ।
    बि. सं. २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि मैले प्रतिवद्धता गरे । त्यसबेला म हरेक जनताको घरमा मतसंगै समस्या मागेर हिडे । २०७४ को निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न म हरदम लागे ।
    यो पाँच वर्ष म जनताको दुखसुखमा मात्रै हिडे ।  त्यस्तै प्रशासनिक, विकास, सुशासन, भौतिक निर्माण, ऐन कानुन, कार्यक्रम, योजना ल्याएर कार्यान्वयनमा केन्द्रीत भए ।  वडामा गएर त्यहाँका टोल, नागरिक समाज, राजनीतिक दल, हरेक व्यक्तिहरुलाई ‘तपाईको टोलगाउँ वडामा हिजो यो थियो आज यतिसम्म गर्न सक्यौँ’ भनेर जानकारी गराए ।
    हिजोको अवस्था र आजको अवस्थामा  धेरै परिवर्तन आएको छ । केही गर्छ नै भनेर जिताउनुएको हो नि । यहाँ चेपाङ, दलित तथा विपन्न वर्गहरु धेरै रहनुभएको छ  । काम गर्न कठिन नै छ भन्ने थियो तर, पदभार ग्रहणपछि म जनताको सेवक हँु भन्ने मन्त्रलाई मनमा राखेर योजना, कार्यक्रम, चुनावमा जनतासँग गरेको प्रतिबद्धता, जनताको आवश्यकता ठानेर सोही अनुसार कार्यक्रम, योजना, बजेट बनाउन, बजेटको आकार बढाउन, आन्तरिक आय वृद्धिमा निरन्तर लागिरहे र
    प्रतिफलस्वरुपः जनप्रतिनिधिहरुको सक्रियताले आज घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने गाउँगाउँमा मोटरबाटो पुर्याउन सकेका छौँ । हरेक टोल सडक सञ्जालबाट जोडिएको छ । एक वडाबाट अर्को वडा जान सडक छ । हरेक ठाउँमा खानेपानीको व्यवस्थापन भएको छ । शिक्षामा तीव्र प्रगति देखिएको छ । कृषिमा व्यवसायीकरण गरिएको छ, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै सुन्तला खेती लगायतलाई प्रोत्साहन गर्न सकिएको छ । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई एकीकृत गरी संरक्षण र विकासमा लागिरहेका छौँ । यी लगायतका कार्यहरु हेर्दा आफू जनप्रतिनिधि हुने जुन अवसर पाइयो, चुनौतिपूर्ण ठाउँलाई पनि एउटा परिवर्तन बनाएर लैजान सक्दा आफूलाई अहिले भाग्यमानी नै ठानेको छु ।
    किसानले आफ्नो उत्पादन समयमै बजारसम्म ल्याउन सक्ने वातावरण वनेको छ । हिजोको कथा भने जस्तैगरी इच्छाकामनालाई चिनाउनुपर्ने बाध्यता थियो ।  तर अहिले जनप्रतिनिधि आउनुपूर्व कथा जस्तै भनेर चिनाउनुपर्ने ठाउँहरुलाइ सहजै पुगेर आँखाले हेर्न, हातले छोएर अवलोकन गर्न सक्ने बनाएका छौँ । हिजोको विकटतालाई स्थानीय तहको निर्वाचनमा मेरो नेतृत्वमा आएको जनप्रतिनिधिहरुले निकटतामा ल्याएर एकदमै परिवर्तन गरेका छौँ ।
    आज धेरै सहजता भएको छ । तर अझै गर्न बाँकी छ । नेपालको संविधान २०७२ ले सृजना गरेको ऐतिहासिक मौका थियो । अवसरलाई स्थापित गराउन म निकै लागिपरेँ । त्यसपछि समाजले पनि बुझ्न थालेकी गीता कुमारी गुरुङले काम गर्न सक्छ । चुनौतीपूर्ण भएपनि त्यसरी आउने प्रश्नलाई मैले एकदम सहर्ष खुसीसाथ स्वीकार गरेर सबैै भ्रमलाई चिर्न सफल भएँ । अहिले गाउँपालिकामा कुनै आर्थिक अनियमितता, भ्रष्टचार भयो भन्ने लगायत कुनै गुनासो आउन दिएको छैन ।
    जनप्रतिनिधि भनेको ग्राँसरुटदेखि यहाँको भूगोल, जनता, समुदाय, उनीहरुको चाहना, आवश्यकता सबै पहिचान गर्न सक्ने व्यक्ति हुन्छ । महिला भएपनि आफूले कहिल्यै कमजोर ठानिन ।  जनताको आवश्यकता र चाहना अनुरुप कामहरु अझै गर्न बाँकी छ । त्यतिमात्रै होइन,आफ्नो पनि गाउँपालिकाको समृद्धिका लागि एउटा देखेको सपनाहरु बाँकी छन् । केही अधुरा छन् । पाँच वर्षसम्म अनुभव गरेका, हिँडेर देखेका गाउँहरुको आवश्यकता कतिपय अझैपनि पूरा गर्न नसकेका योजनाहरु बाँकी छन् । ती योजना पूरा गर्न जनताले खोजिरहेका छन् । जनताको सेवक भएर पुनः आउने र उनीहरुको आवश्यकता अनुसार काम गर्न तयार भएकाले पुन अध्यक्षमा आउने अवसरलाई नकार्न सकिदैन । किनपनि भने म समाजसेवामै समर्पित हुन रुचाउने महिला हुँ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.