×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाल टेलिकम गैँडाकोटको चरम लापार्वाहीले दुःख पाएको सेवाग्राहीको गुनासो


  •   शुक्रबार, पुष ३०, २०७८
  • गैँडाकोट। नेपाल टेलिकम गैँडाकोट कार्यालयको चरम लापार्वाहीले दुःख पाउनु परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । दूरसञ्चार सेवाको गुणस्तर र अनुगमन संयन्त्रबारे आर.के.टेक सोलुसन्सको आयोजनामा गैँडाकोटमा भएको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै सेवाग्राहीहरुले कार्यालय र कर्मचारीबाट सहयोग र सेवा नपाएको बताएका हुन् ।

    Advertisement

    नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा भएको कार्यक्रममा बोल्दै सेवाग्राही गोविन्द रिमालले नेपाल टेलिकमको सेवाले घरझगडानै हुने गरेको बताए । सरकारी मातहत भएकाले यही नेट जडान गर्ने आफ्नो अडान तर समस्या हुँदापनि मर्मत नभएपछि अर्को निजी कम्पनीको सेवा जडान गर्नुपर्ने परिवारका सदस्यको माग वीच सधैँ झगडानै हुने गरेको उनको गुनासो थियो ।

    सवैभन्दा धेरै कमाउने नेपाल टेलिकमले सेवाको गुणस्तर भने खस्काउदै गएको रिमालले बताए । रिमालले भने,“सेवा गुणस्तर हुँदै नभएपछि घरमा झगडानै गरायो । गुणस्तर चाहिँ न्यून धेरै धेरै रकम असुल्यो भन्ने गुनासो अरुको पनि छ । दुइवर्षदेखि ल्याण्डल्याइनबाट फोन नगरेको तर नेट जोड्न मात्रै प्रयोग गरेको छु ।”
    गैँडाकोट नगरपालिका नजिक घर भएपनि फाइवरको सेवा नपाएको उनको भनाई थियो । फोनमा उठाउनै नमिल्ने समस्या भएको र फोन उठाउँदा नेट रोकिने समस्या पटक पटक भने पनि सुनुवाई नभएको उनको भनाई थियो ।

    त्यस्तै गुनासो गर्न फोन गर्दा ल्याण्डलाइन फोन नउठ्ने, उठेपनि माथिल्लो निकायको काम हो भन्दै पन्छिने, कर्मचारीको गैरेजिम्मेवारीपन, वील काट्न जाँदा कम्प्युटरमा तास खेलेर बस्ने,फेसवुक चलाउने आदि समस्या रहेको भन्दै सुधार्न सुझाव दिएका थिए ।  निजी इन्टरनेट सेवाप्रदायकहरुले महङ्गो शुल्क लिने तर सेवा भने नदिने गरेको भन्दै भनेजति क्षमतको नेट उपलब्ध नगराउनेहरुलाई करावाहीको दायरामा ल्याउन माग गरेका थिए ।

    टेलिफोन सेट मर्मत गर्न नआइदिने, इन्टरनेटमा भनेको जति स्पीड क्षमता उपलब्ध नगराउने, टावर जुधेर टेलिफोन नबुझिने लगायतका समस्या हुँदा पनि समाधान नभएको भन्दै तत्काल सुधार गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा हिमालदेव पंगेनी,बसन्त पराजुली, आनन्द पोख्रेल, राजेन्द्र पौडेल लगायतले सेवाग्राहीको चाहान बमोजिम गुनासो सम्वोधन नभएको भन्दै यसतर्फ ध्यान दिन सुझाव दिएका थिए ।

    कार्यक्रममा बोल्दै नेपाल दूरसंञ्चार प्राधिकरणका डाइरेक्टर मिन प्रसाद अर्यालले टेलिकमको क्षेत्रमा धेरै परिवर्तन भएको बताउँदै देखिएका समस्या समाधान गर्ने बताए । जनतासँग गुनासो लिएर उचित योजना सहित समाधान गर्न कार्यक्रम गरेको भन्दै नियामक निकायले गर्नुपर्ने कार्यलाई थप तीव्र पार्ने उनको भनाई थियो ।

    अहिले इन्टरनेट सेवाप्रदायक संस्थाहरुले ग्राहकलाई दिएको इन्टर क्षमता नाप्ने यन्त्रको समेत विकास भएको र त्यसबाट यथार्थ नाप सहित कमी कमजोरी भेटिए सम्झाउने र सुझाव दिने नभई कारवाहीको दायरामा ल्याउने गरी योजना बनेको उनको भनाई थियो ।
    देशभर १३० बढी इन्टरनेट सेवाप्रदायक संस्था रहेको र चार वटा कम्पनीले मोवाइल नेटवर्कको लाइसेन्स लिएपनि नेपाल टेलिकम र एनसेल बढी संचालनमा रहेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.