×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पेन्सील,फर्म आदिबाट अर्कीडका विद्यार्थीले बनाए जहाज, उड्यो आकाशमा


  •   शनिबार, मङि्सर २५, २०७८
  • चितवन । भरतपुरमा रहेको अर्कीड स्कूलका विद्यार्थीहरुले जहाज बनाएर सफल उडान समेत गरेका छन् । उनीहरुले हिजो भरतपुरको यज्ञपुरीमा रहेको खाली मैदानबाट जहाज उडाएका हुन् ।

    Advertisement

    सधैँ विज्ञानको विषयमा लेखिने र आकाशमा देखिन जहाज आफै बनाएर उडाउन पाउँदा विद्यार्थीहरु दंग थिए । कक्षा १० का विद्यार्थीहरुले आफ्नो प्राक्टीकल अभ्यास र भरतपुरमै कार्यालय रहेको हिमालयन हाइ फ्लायर्सको सहयोगमा उनीहरुले जहाज बनाएर उडाएका थिए । उक्त अवसरमा चार वटा जहाज र एउटा ड्रोनको सफल परीक्षणपछि उडान गरिएको हो । जहाज र ड्रोनलाई रिमोट कन्ट्रोल मार्फत उडाइएको थियो । जसलाई आरसी प्लेन नाम दिइएको छ ।

    प्रविधिमैत्री विश्व भएपनि नेपालको पढाई सैद्धान्तिक ज्ञानमा सीमित हुँदा विकसीत प्रविधिको प्रयोग गरी निर्माण र संचालनमा देश धेरै पछाडि रहेको भन्दै संस्थानै स्थापना गरेको संस्थापकमध्येका एक निसान्त न्यौपानेले बताए । भरतपुर ७ का उनले कक्षा १२ सकाएका छन् ।

    वाल्मिकी अध्ययन गरेका उनी सहित चार जना हिमालयनको संस्थापक छन् । उनी आफै,यासीमा अधिकारी, किरण सिलवाल,असीम पौडेल,आदित्यराज ढकाल,जसले नयाँ खोज अनुसन्धान र अन्वेषणको ज्ञान विद्यार्थीहरुलाई बाँडिरहेका छन् । साथमा व्यवसायीक पाइलटले पनि कार्यक्रममा साथ दिएका छन् । ड्रोनका लागि भने झापा देखि अनिल प्रधान आएका थिए । उनले उडान र निर्माण गर्न सिकाएका थिए । हिमाली भेगमा औषधी लगायतका सामाग्री पठाउन मिल्ने ड्रोन बनाएर उडाएका थिए ।


    अव यसलाई अभियानै रुपमा लैजाने र विद्यालयसँग सहकार्य गरेर जहाज निर्माण र उडान तथा ड्रोनको निर्माण र संचालनवारे ज्ञान दिँदै जाने उनले बताए । भरतपुरमा पहिलो पटक अर्कीड विद्यालयसँग सहकार्य गरेर कार्यक्रम गरेको र सफल भएको उनको भनाई छ ।
    अर्कीडका विद्यार्थीहरुलाई १० दिनको समय दिई आफूहरुपनि सँगै बसेर जहाज निर्माण गरेको उनको भनाई छ । जतिसुकै ठूलो जहाज भएपनि उड्न सहयोग पुर्याउने पछाडीको भागवारे बढी जानकारी दिइएको थियो । उनका अनुसार फिजिक्स,टेल र इलेक्ट्रोनिक्सवारे पूर्ण जानकारी दिएको बताए । उनले भने,“व्रसलेस मोडल,सर्भे मोटरहरु,इवो व्याट्री,ल्याण्डीङ गियर लगायत जहाज कसरी उड्छ र ल्याण्ड गर्छ भन्नेबारे व्यवहारिक ज्ञान दिन सफल भएका छौँ । ”
    ड्रोनहरु भएपनि आरसी प्लेन उडाउने अभ्यास कमै भएको नेपालमा आफूहरुले यसको प्रविधि, निर्माण र उडानबारे थप ज्ञान दिँइदै हिँड्ने उनको भनाई छ। आफूलाई सानैदेखि यसप्रति आकर्षण रहेपनि ज्ञान दिने विशेषज्ञहरुको अभावले सोचे जस्तो गर्न नसकेपछि रोवोर्टीक्सवारे आफूहरुले अभियाननै चलाएको बताए ।

    हिमालयन हाइ फ्लायर स्टीम प्रोगाम नाम दिएर तालिम चलाइएको थियो । विद्यार्थीहरुले स्थानीय ठाउँमै प्राप्त हुने सामाग्रीको संकलनबाट जहाज बनाएर उडाएका थिए ।
    अर्कीड स्कुलका विज्ञान शिक्षक निरज महतोले सैद्धान्ति शिक्षासँगै विद्यार्थीले व्यवहारिक ज्ञान पाएको बताए । यसले विद्यार्थीहरुमा अन्वेषण खोज गर्न थप उत्सुकता जगाएको बताए । अर्कीडकै अर्का विज्ञान शिक्षक विक्रम लम्सालले मोटर, कनेक्टीग वायर र फर्महरु, पेन्सीलको प्रयोग गरेर जहाज बनाइएको बताए ।

    विद्यार्थी अभय भन्तना पनि तालिम लिएर जहाज उडाउन पाउँदा खुसी लागेको बताए । सुरुमा सफल हुँदैन की भन्ने लागेपनि अहिले भने अन्य साथीहरुलाई पनि सिकाउने सक्ने गरी अभ्यस्त भएको बताए । छात्रा प्रज्ञा काफ्लेले जहाज बनाउँदै उडाउँदासम्म जहाजवारे धेरै ज्ञान व्यवहारिक पक्षबाटै पाएको बताइन् ।


    अर्कीडका सहप्राचार्य उमराज मैनालीले १४ घण्टाको अनवरत अभ्यासपछि विद्यार्थीले जहाज उडान सफल भएको बताए । अन्य विद्यालयले पनि विद्यार्थीहरुलाई नयाँ प्रविधि,अन्वेषण खोजवारे ज्ञान दिन आवश्यक भएको बताए । जिज्ञासु स्वभावका विद्यार्थीलाई व्यवहारिक ज्ञानदिन सके धेरै प्रविधिको विकास हुने विश्वास व्यक्त गरे ।

    पछिल्लो समय मोवाइलमा व्यस्त हुने विद्यार्थीहरुलाई यी कार्यक्रमले मोवाइलमा पनि अन्वेषणमूलक भिडियो हेर्न प्रेरित गर्ने र सकारात्मक परिवर्तन ल्याउने बताए । कक्षा १० का १०७ जना विद्यार्थीलाई ओरिन्टेशन दिएर मात्रै वाँकी विद्यार्थी छनौट भएका थिए ।
    कार्यक्रमका लागि अर्कीड विद्यालय छनौट गरेको भन्दै विद्यालयले संस्थालाई धन्यवाद सहित विदाई गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.